काठमाण्डौंः पछिल्लो २४ घण्टाभित्र मात्रै रुपन्देहीमा ११ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले तथ्याङ्क सार्वजनिक गरेको छ । यस सँगै रुपन्देहीमा मृतकको सङ्ख्या २ सय १६ पुगेको छ ।
यस्तै दैनिक संक्रमित हुनेको सङ्ख्या पनि बढिरहेको तथ्याङ्कबाट देखिन्छ । रुपन्देहीमा पछिल्लो २४ घण्टामा अहिले सम्मकै सबैभन्दा बढी ५ सय ७९ जना संक्रमित भेटिएका छन् ।
रुपन्देहीमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार १ सय ५ पुगेको छ । २४ घण्टामा सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा २ सय ५१ जना कोरोना पोजेटिभ देखिएका छन् । यस मध्ये १ सय १० जना महिला र १ सय ४१ जना पुरुष रहेका छन् ।
यसैगरी सिद्धार्थनगर नगर पालिकामा ४५ महिला र ४५ पुरुष गरी ९० जना, तिलोत्तमा नगरपालिकामा ५९ महिला र ६७ पुरुष गरी १ सय २६ जना, सैन मैना नगरपालिकामा १४ जना महिला र १८ जना पुरुष गरी ३२ जना र देवदह नगरपालिकामा ११ जना महिला र ९ जना पुरुष गरी २० जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्कमा उल्लेख छ ।
प्रतिक्रिया