असार २५, २०८२ बुधबार July 9, 2025

भारतबाट ढिलाइ भएपछि चीन, रुस र अमेरिकाबाट खोप खरिदको प्रयास 

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अग्रिम भुक्तानी गरिसकेको कोभिड– १९ विरुद्धको खोप भारतबाट आउन ढिलाइ भएपछि सरकारले चीन, रुस र अमेरिकाबाट खोप खरिदका लागि कूटनीतिक प्रयास तीव्र पारेको छ । प्रधानमन्त्री केपी ओलीले सोमबार देशवासीका नाममा गरेको सम्बोधनमा सरकारले आफैँ आवश्यक मात्रामा खोप खरिद प्रक्रिया सुरु गरिसकेको बताएका छन् ।

चीन, रुसलगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त मात्रामा खोप ल्याइसक्न सरकार प्रयत्नशील रहेको प्रधानमान्त्री ओलीको भनाइ थियो । खोप खरिदका लागि बेइजिङ र वासिङ्टनडिसीस्थित नेपाली राजदूतलाई सरकारले सक्रिय हुन निर्देशन दिएको छ । तीनै देशका काठमाडौंस्थित राजदूतसँग पनि सरकारले खोपका लागि सहजीकरण गरिदिन अनुरोध गरेको छ । यीमध्ये सबैभन्दा पहिले चीनबाट खोप आउने सरकारको विश्वास छ ।

‘भारतबाट खरिद भएको खोप आउन विभिन्न कारणले समय लाग्ने भएको छ । भारत आफैँ पनि अप्ठ्यारोमा परेको स्थितिमा हामीले चीन, रुस र अमेरिकासँग खोपका लागि कुराकानी गरिरहेका छौँ,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले नयाँ पत्रिकासँग भने, ‘कूटनीतिक च्यानलमार्फत र प्रत्यक्ष संवादबाट कुराकानी अघि बढाएका छौँ, चाँडै नै नतिजाको पर्खाइमा छौँ ।’

चीनमा राजदूत महेन्द्रबहादुर पाण्डे र अमेरिकामा राजदूत डा. युवराज खतिवडा सक्रिय छन् । रुसमा नेपाली राजदूत रिक्त भएका कारण नेपालस्थित राजदूतमार्फत सरकारले खोप ल्याउन पहल थालेको छ । प्रधानमन्त्री ओलीले गत साता नेपालस्थित रुसी राजदूत अलेक्सेई नोभिकोभलाई बालुवाटार बोलाएर यसबारे छलफल गरेका थिए । प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको तहबाट नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र अमेरिकी राजदूत ¥यान्डी बेरीसँग पनि खोपबारे छलफल भएको परराष्ट्रका एक अधिकारीले बताए । अमेरिकाका लागि नेपाली राजदूत खतिवडाले खोप उत्पादक कम्पनीका अधिकारीसँग खरिदबारे छलफल गरेका छन् ।

सल्लाहकार भट्टराईका अनुसार तीन मुलुकबाट अनुदान तथा खरिद दुवै मोडालिटीमा खोप ल्याउनेबारे छलफल भएको छ । विश्व स्वास्थ्य संगठनबाट मान्यताप्राप्त कम्पनीबाट खोप खरिदका लागि प्रयास भएको उनको भनाइ छ । कोभ्याक्सअन्तर्गतको खोप ल्याउन पनि प्रयास भइरहेको भट्टराईले बताए । ‘सरकारले खोप ल्याउनका लागि सबै प्रयासलाई अत्यन्तै तीव्रताका साथ जारी राखेको छ,’ उनले भने । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले कूटनीतिक संयन्त्र खोपका लागि सक्रिय रहेको बताइन् । ‘खोप ल्याउने मिसनमा सम्पूर्ण प्रयास जारी छ, बाहिर रहनुभएका हाम्रा राजदूत र यहाँका कूटनीतिक नियोगसँग हाम्रो छलफल भइरहेको छ,’ प्रवक्ता लम्सालले भनिन्, ‘स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा काम गरिरहेका छौँ ।’ नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार