मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

महासंघको भवन पत्रकारकै हितमा प्रयोग गर्न प्रेस युनियन नुवाकोटको माग (विज्ञप्ती)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपाली कांग्रेस निकट प्रेस युनियन नुवाकोटले नेपाल पत्रकार महासंघको भवन व्यवसायिक प्रयोजनका लागि भाडामा लगाइएको भन्दै सात दिनभित्र खाली गर्न चेतावनी दिएको छ ।

प्रेस युनियन नुवाकोटका कार्यबाहक अध्यक्ष सुरज सिलवालले मंगलबार एक विज्ञप्ति जारी गर्दै महासंघको भवन सात दिनभित्र खाली गराउन चेतावनीयुक्त आग्रह गरेको हो ।

अहिले महासंघको भवनमा सुआहार नामको एउटा परियोजनाले कार्यालय सञ्चालन गर्दै आएको छ ।

चन्दा मागेर पत्रकारको हितमा प्रयोग गर्न भनेर बनाइएको भवन भाडामा लगाएर आम्दानी समेत पत्रकारको हितमा प्रयोग हुन नसकेको भन्दै प्रेस युनियन नुवाकोटले कोरोना संक्रिमत पत्रकारको आइसोलेशन बनाउनका लागि भवन खाली गरिदिन आग्रह गरेको हो ।

युनियनले जारी गरेको विज्ञप्तीको पूर्णपाठः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया