श्रावण २, २०८२ शुक्रबार July 18, 2025

वीरगंजमा थप ३ सङ्क्रमितको मृत्यु -१९० जनामा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौंः वीरगञ्जमा उपचाररत थप ३ जना कोरोना संक्रमितको आज मृत्यु भएको छ । बीरगंज स्थित नारायणी अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण आज बिहान ८.१० बजे  मृत्यु भएको छ ।
बीरगंज महानगरपालिका वडा नम्बर २ छपकैया निवासी ६५ वर्षीया महिलालाई स्वास्थ्यमा समस्या भएपछि गत वैशाख १६ गते अस्पताल भर्ना गरिएको थियो ।
महिलाको वैशाख १७ गते पिसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा गम्भीर किसिमको निमोनिया देखिएको र निमोनियाका कारण दुवै फोक्सोमा समस्या भएपछि श्वासप्रश्वासमा अवरोध हुँदा उनको उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो ।
यसैगरी गएराति नारायणी अस्पतालमा उपचाररत ४० वर्षीय पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमित भई वैशाख १६ गते अस्पताल भर्ना भएका उनको उपचारको क्रममा गएराति मृत्यु भएको डाक्टर दासले बताउनुभयो ।
मृतक पुरुषको पनि उच्च निमोनियाको कारण श्वास प्रश्वासमा समस्या भएपछि मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर दासले बताउनुभयो । यसैगरी गएराति नै वीरगञ्जस्थित नारायणी वयोधा अस्पतालमा उपचाररत बीरगंज महानगरपालिका वडा नम्बर १६ निवासी ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड फोकल पर्सन विनय कुमार श्रीवास्तवले उपचारको क्रममा वृद्धको गएराति साढे ८ बजे मृत्यु भएको जानकारी दिनुभयो ।
गएराति र आज बिहान थप ३ जनाको मृत्यु भएसँगै बीरगंजमा वैशाख यता कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ । मृत्यु भएकामध्ये वीरगञ्जको नारायणी अस्पतालमा ३० जनाको, नारायणी बयोधा अस्पतालमा ५ जना, नेशनल मेडिकल कलेज शिक्षण अस्पतालद्वारा सञ्चालित अस्थायी कोभिड अस्पतालमा ३ जना र गण्डक अस्पतालमा १ जना उपचाररत संक्रमितको मृत्यु भएको प्रवक्ता श्रीबास्तबले जानकारी दिनुभयो ।
मृतक मध्ये २८ जना पर्साका ७ जना बाराका २ जना सर्लाहीका  १ जना रौतहटका र १ जना भारतीय नागरिक रहेको श्रीवास्तवले बताउनुभयो । यसैविच बीरगंज स्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसीआर परीक्षणको क्रममा आज बिहान थप १ सय ९० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
२ सय ८८ जनाको पिसीआर परिक्षण गरिएकोमा १ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो । संक्रमण पुष्टि हुनेमा १३३ जना पुरुष र ५७ जना महिला रहेका छन् ।
संक्रमित मध्ये १३३ जना पर्सा जिल्लाको रहेका छन् भने बाराका ४१ जना, रौतहटका ५ जना, नेपालगन्ज, सप्तरी, महोत्तरी, धनुषाका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको डाक्टर दासले बताउनुभयो ।
संक्रमितको उमेर समूह ५ बर्ष देखी ७० बर्षसम्म रहेको र संक्रमितको सिटी भ्यालु १६ देखी ३५ दशमलव ५ सम्म रहेको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर दासले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार