काठमाडौंः नेपालमा पछिल्लो २४ घन्टामा थप ८६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार बुधबार नेपालमा अहिलेसम्मकै उच्च संख्यामा संक्रमित फेला परेका हुन्।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३ सय ५२ पुगेको छ। पछिल्लो २४ घन्टामा कोरोना भाईरसको संक्रमणबाट ५८ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।
योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४ सय ७५ पुगेको छ।
आज १९९३ जना संक्रमणमुक्त भएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया