काठमाण्डौंः सुनसरी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड अस्पतालमा मोरङ मिक्लाजुङका २ का ७५ बर्षका पुरुष र धरानकै ५३ बर्षकी महिलाको कोरोनाका कारण मृत्यु भएको छ ।
वैशाख २२ गते अस्पताल भर्ना भएका पुरुषको कोरोना संग मिल्दो जुल्दो लक्षण भएको र स्वास्थ्यमा समस्या आएपछि २३ गते पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ आएको थियो । सार्स फेन सस्या भएपछि अस्पताल भर्ना गरिएको उनको उपचारको क्रममा मृत्यु भएको थियो ।
उनको अक्सिजनको मात्रा कम भएका कारण मृत्यु भएको चिकित्सकहरुले बताएका छन् । यसैगरी कोरोनाकै कारण धरान ३ की ५३ बषर्की महिलाको पनि २३ गते उपचारको क्रममा मृत्यु भएको सो अस्पतालले जनाएको छ ।
उच्च रक्तचाप र ब्रेष्ट क्यान्सर भएकी उनको उपचारको क्रममा मृत्यु भएको सो अस्पतालले जनाएको छ । वैशाख २१ गते कोरोना पोजेटिभ भएकी उनलाई २३ गते अस्पताल ल्याइएको थियो भने २३ गतेनै उनको मृत्यु भएको सो अस्पतालले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया