श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नेपालमा थप ८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टी, ५३ जनाकाे मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा पिसीआर विधिबाट परीक्षण गरिएका ८ हजार २ सय ८७ र एन्टिजेन परीक्षण गरिएका एक सय ३१ गरी कुल ८ हजार ४ सय १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

योसँगै कुल संक्रमितको संख्या ३ लाख ८५ हजार ८ सय ९० जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

आजै ३ हजार ३ सय ७० जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख छ। हालसम्म नेपालमा २ लाख ९८ हजार ७ सय ६५ जना संक्रमितहरु निको भएका छन्। योसँगै निको हुने दर ७७.४ प्रतिशत पुगेको छ। हिजाे निकाे हुने दर ७८.२ रहेकाे थियाे ।

हालसम्म ८३ हजार ४ सय ९६ जना सक्रिय संक्रमित आइसोलेशनमा छन् भने ३ सय ९८ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा  आरटी पिसिआर विधिबाट १७ हजार ३ सय १५ जना र एन्टीजेन विधिबाट ९ सय ८९ गरी कुल १८ हजार ३ सय ४ जनाको काेराेना परीक्षण गरिएको छ। यो सँगै नेपालमा काेराेना परीक्षण हुनेको संख्या २६ लाख १५ हजार ७ सय २० जना पुगेको छ।

गत २४ घण्टामा ५३ जना कोरोना संक्रमितकाे मृत्यु भएकाे छ। मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुनेकाे संख्या कुल ३ हजार ६ सय ३२  जना पुगेकाे छ। हिजाे ५० जना कोरोना संक्रमितकाे मृत्यु भएकाे थियाे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार