असार २५, २०८२ बुधबार July 9, 2025

अविश्वास प्रस्ताव दर्ता गर्न कांग्रेस सांसदको दबाब

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रमुख प्रतिपक्ष कांग्रेसमा वैकल्पिक सरकार निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध तत्काल अविश्वास प्रस्ताव दर्ता गराउनुपर्ने मत सशक्त बनेको छ ।

प्रधानमन्त्रीले प्रतिनिधिसभामा राखेको विश्वासको प्रस्तावको एजेन्डालाई लिएर शनिबार बसेको पार्टीको संसदीय दल बैठकमा अधिकांश सांसदले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव लैजान जोड दिएका हुन् ।

विश्वासको मत नपाउनेबित्तिकै प्रधानमन्त्री ओली राष्ट्रपतिको सहयोगमा संविधानको धारा ७६ (३) अनुसार अल्पमतको सरकार बनाउने बाटोमा अघि बढ्न सक्ने भन्दै सांसदहरूले त्यसलाई रोक्न अविश्वास प्रस्ताव दर्ता गराउनुपर्ने बताएका हुन् । बहुमत सांसदको त्यस्तो धारणा आएपछि वैकल्पिक सरकार निर्माणका लागि निर्णायक ढंगले छलफल अघि बढाउने दलले निर्णय गरेको नेता दिलेन्द्र बडूले बताए ।

‘विश्वासको मत असफल भइसकेपछि संसद् भंग गर्ने बाटोमा प्रधानमन्त्री जाने सक्ने सम्भावना देखिएकाले त्यसलाई रोक्न वैकल्पिक सरकारका लागि निर्णायक ढंगको छलफल अघि बढाउनुपर्ने निर्णय दलले गरेको छ,’ बैठकपछि बडूले भने । बैठकले प्रधानमन्त्रीले राखेको विश्वासको प्रस्तावलाई असफल बनाउन अन्य राजनीतिक दलसँगसमेत आग्रह गर्ने निर्णय लिएको छ । पार्टीको पदाधिकारी बैठकले यसअघि नै प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको थियो । कान्तिपुर दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खेलाडीहरूले खेलेरै बाँच्न सक्ने स्थिति बनेको छ : प्रधानमन्त्री
२०८२ असार २५, बुधबार
कांग्रेस लुम्बिनीका महामन्त्री खनाल पार्टीबाट निष्काशित
२०८२ असार २५, बुधबार
सप्तकोशी नदी तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन स्थानीय प्रशासनको आग्रह
२०८२ असार २५, बुधबार
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याल नियुक्त
२०८२ असार २५, बुधबार
वाइसिएलले दुईमहिने श्रम तथा उत्पादन अभियान चलाउने
२०८२ असार २५, बुधबार
गुणस्तरीय शिक्षाका लागि सामूहिक प्रयत्न जरुरी छ : उपप्रधानमन्त्री सिंह
२०८२ असार २५, बुधबार
कारागारमा मौसमी रुघा र ज्वरोको समस्या
२०८२ असार २५, बुधबार