असार २५, २०८२ बुधबार July 9, 2025

सईबाट इन्सपेक्टर बढुवा रोकियो, १७ बर्षदेखि एउटै पदमा सेवा गर्दै प्रहरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल प्रहरीका सईहरुको बढुवा रोकिएको छ । २०६१ सालमा सई भएकाहरु १७ बर्षदेखि एउटै पदमा रहनु परेको तितो सत्य कायमै छ ।

सईबाट इन्सपेक्टर बढुवा हुनु पर्नेहरुको सुची तय भए पनि पछिल्लो समय गृह मन्त्रालयकै कारण बढुवा रोकिएको स्रोतले जनाएको छ ।

इन्सपेक्टरका लागि खुल्ला र आन्तरिक प्रतिस्पर्धाबाट छनोट हुनु पर्ने भएकाले लेखापढीमै अन्योल भएपछि बढुवा प्रक्रियामा अन्योलता छाएको स्रोतले जनाएको छ ।

इन्सपेक्टर पदका लागि ६० प्रतिशत खुल्ला र ४० आन्तरिक तर्फबाट बढुवा गर्ने प्रक्रियाले आन्तरिक तर्फका प्रहरीहरुलाई अन्याय भएको भन्दै ६० प्रतिशत माग भएपछि अन्योल भएको थियो ।

प्रहरी प्रधान कार्यलय नक्साल र गृह मन्त्रालय बिच आपसी समन्वयमा पछि ५०/ ५० प्रतिशतमा आन्तरिक बढुवा र खुल्लाको बाटो खुलेसँगै अब छिट्टै बढुवा हुने स्रोतले जनाएको छ । १७ बर्षसम्म एउटै पदमा काम गर्नु पर्ने बाध्यताले बृद्धि विकास र कार्य क्षमतामा ठेस पुगेको छ ।

लामो समय एउटै पदमा रहँदा मोरल डाउन हुने हुँदा कार्य सम्पादनमा समेत ह्रास आउने गरेको सुरक्षाविज्ञहरुको भनाई छ । आम नागरिकको काममा अग्र पंतीमा रहने प्रहरी अधिकारीमा अनावश्यक चिन्ता थपिनुले सुरक्षामा प्रभाव पार्नु हो विज्ञहरुले चिन्ता ब्यक्त गरेका छन् । न्यूजअभियान

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खेलाडीहरूले खेलेरै बाँच्न सक्ने स्थिति बनेको छ : प्रधानमन्त्री
२०८२ असार २५, बुधबार
कांग्रेस लुम्बिनीका महामन्त्री खनाल पार्टीबाट निष्काशित
२०८२ असार २५, बुधबार
सप्तकोशी नदी तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन स्थानीय प्रशासनको आग्रह
२०८२ असार २५, बुधबार
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याल नियुक्त
२०८२ असार २५, बुधबार
वाइसिएलले दुईमहिने श्रम तथा उत्पादन अभियान चलाउने
२०८२ असार २५, बुधबार
गुणस्तरीय शिक्षाका लागि सामूहिक प्रयत्न जरुरी छ : उपप्रधानमन्त्री सिंह
२०८२ असार २५, बुधबार
कारागारमा मौसमी रुघा र ज्वरोको समस्या
२०८२ असार २५, बुधबार