काठमाडौंः काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पिसिआर परीक्षण रोकिएको छ ।
अस्पतालले मंगलबार सूचना जारी गर्दै विशेष कारणवश अर्को व्यवस्था नहुँदासम्म पिसिआर परीक्षण स्थगित गरिएको जनाएको हो ।
अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार पिसिआर परीक्षणका लागि आवश्यक एक्सट्रयाक्सन किट सकिएकाले परीक्षण स्थगित गर्नुपरेको हो ।
‘अन्य ल्याबको किट हामी प्रयोग गर्दैनौँ । सप्लायर्सले २ दिनभित्र उपलब्ध गराइने भनेका छन्,’ डा. भण्डारीले भने, ‘किट आएपछि पुनः परीक्षण सुरु गर्छौं ।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया