असार २५, २०८२ बुधबार July 9, 2025

सरकार निकम्मा हुँदा उपचार पाउन कठिन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पछिल्ला दिनमा कोरोना संक्रमित बिरामीको संख्या बढेपछि उपचार प्रक्रिया निकै जटिल बनेको छ। बिरामीले अस्पताल भरिभराउ भएपछि जोकोहीले पनि उपचार नपाउने अवस्था आएको छ। सरकारी र निजी अस्पतालमा बिरामीको चाप बढेपछि आफन्तलाई समेत बचाउन नसकिएको भन्दै शीर्ष नेताहरूले दुःख व्यक्त गरेका छन्।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अस्पताल नपाएर बुहारी निर्मला बैद्यको कोभिडका कारण निधन भएको भन्दै सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन्। उनले केही दिनदेखि नै अस्पतालका ढोका ढकढक्याउँदा सुरुमा इमर्जेन्सी र अक्सिजनसहितको बेडसमेत नपाएको सामाजिक सञ्जालमा लेखेका छन्। ‘अक्सिजनसहितको बेड त पाइएन, आइसियु र भेन्टिलेटर परको कुरा,’ उनले फेसबुकमा लेखेका छन्, ‘पछि एउटा साधारण प्राइभेट अस्पतालमा भर्ना गरेर आइसियु खोज्न लाग्यौं, हिजो मात्र बल्ल ट्रमा सेन्टरको आइसियुमा राख्न सक्यौं, बचाउन सकिएन।’ भतिजा विकल श्रेष्ठ पनि अस्पतालमा उपचाररत रहेको उनले जानकारी गराएका छन्।

उनलाई पनि आइसियु चाहिएको अवस्थामा कहाँ पाइने हो, ठेगान छैन,’ उनले लेखेका छन्, ‘म आफैंले पनि कोभिड संक्रमितहरूका लागि बेड र आइसियु खोजेको छु तर पाइराखेको छैन।’ पहुँच भएका नेताको त अवस्था यस्तो छ भने सर्वसाधारणको भोगाइ कस्तो होला, अनुमान गर्न पनि सहज छैन। त्यसै त सर्वसाधारण र विपन्नका लागि राम्रो उपचार पद्धति नभएको मुलुकमा कोभिडले उपचारसम्मको पहुँच झनै पर धकेलेको छ।

कोरोना महामारी सुरु हुनुअघि २०७४ मा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनताका सत्तारुढ दल (तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र) को संयुक्त चुनावी घोषणापत्रमा भनिएको थियो, ‘स्वास्थ्य क्षेत्रमा उल्लेख्य मात्रामा लगानी वृद्धि गरिनेछ।’ त्यति बेला घोषणापत्रमै जनताका लागि बिमा रकममा ५० प्रतिशत सरकारले भुक्तानी गरिदिने र हरेक गाउँपालिकाको केन्द्रमा २५ तथा नगरपालिकाको केन्द्रमा ५० बेडको सुविधासम्पन्न अस्पताल सञ्चालन गरिने उल्लेख थियो। त्यसपछि बनेको सरकारले तीन वर्ष बितायो तर स्वास्थ्य क्षेत्र झनै अस्तव्यस्त र सर्वसाधारणको पहुँचबाहिर पुगेको छ।

महामारीको बेला स्वास्थ्य क्षेत्र सामान्य बनाउन सरकारले चासो दिएको छैन। जसका कारण अक्सिजन नपाएर सर्वसाधारणले जीवन गुमाउनुपर्ने अवस्था आएको छ। उपत्यकाका सरकारी अस्तालमध्ये त्रिवि शिक्षण अस्पतालमा सबैभन्दा बढी कोरोना संक्रमितको उपचार भइरहेको छ। वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ट्रमा सेन्टर, सिभिल अस्पताल, भक्तपुर अस्पताललगायत सबैतिर बिरामीको चाप छ भने थप बिरामीले उपचार पाउन सकेका छैनन्।

निजी अस्पताल पनि कोरोना संक्रमित बिरामीले भरिभराउ छन्। उपचार गर्ने ठाउँ नभएपछि अस्पतालले बिरामी फिर्ता पठाउने गरेका छन् भने उपचार पर्खंदापर्खंदै कतिपयको ज्यान गइसकेको छ। अस्पतालमा बेड पाउन सकिने अवस्था नभएपछि कोरोना संक्रमित बिरामीको मृत्युदर पनि थप बढ्न सक्ने अनुमान गरिएको छ। नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खेलाडीहरूले खेलेरै बाँच्न सक्ने स्थिति बनेको छ : प्रधानमन्त्री
२०८२ असार २५, बुधबार
कांग्रेस लुम्बिनीका महामन्त्री खनाल पार्टीबाट निष्काशित
२०८२ असार २५, बुधबार
सप्तकोशी नदी तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन स्थानीय प्रशासनको आग्रह
२०८२ असार २५, बुधबार
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याल नियुक्त
२०८२ असार २५, बुधबार
वाइसिएलले दुईमहिने श्रम तथा उत्पादन अभियान चलाउने
२०८२ असार २५, बुधबार
गुणस्तरीय शिक्षाका लागि सामूहिक प्रयत्न जरुरी छ : उपप्रधानमन्त्री सिंह
२०८२ असार २५, बुधबार
कारागारमा मौसमी रुघा र ज्वरोको समस्या
२०८२ असार २५, बुधबार