असोज ९, २०८३ शुक्रबार September 25, 2026

१३ औं साग : पुरुष क्रिकेटमा नेपालको पहिलो खेल श्रीलंकासँग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । १३ औँ सागअन्तर्गत पुरुष क्रिकेटमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने भएको छ । नेपाल र श्रीलंकाबीच उदघाटन खेल ३ डिसेम्बरमा टीयू मैदानमा हुनेछ । सागमा ८ वर्षपछि क्रिकेट खेल समावेश गरिएको छ ।

पुरुषतर्फ ५ टोली सहभागी भएकाले राउण्ड रोविनका आधारमा खेल हुनेछ । टेष्ट राष्ट्र श्रीलंका र बंगलादेशको यू २३ टिम सहभागी हुनेछन् । सागमा भारत र पाकिस्तान सहभागी छैनन् ।

यस्तै पोखरामा हुने महिला क्रिकेटमा ४ राष्ट्रको सहभागी छ । जसमा नेपालले पहिलो खेल २ डिसेम्बरमा माल्दिभ्सँग खेल्नेछ ।

महिलातर्फ पनि भारत र पाकिस्तानसँगै भुटान सहभागी छैन । महिला र पुरुष दुवैमा राउण्ड रोविनको खेलपछि पहिलो र दोस्रो हुनेबीच स्वर्ण पदकका लागि फाइनल खेल हुनेछ ।

सागमा दोस्रो पटक क्रिकेट समावेश भएको हो । सागका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा पुरुष र रुबिना क्षेत्रीको कप्तानीमा महिला क्रिकेट टोली घोषणा भएको छ । नेपालको महिला र पुरुष टोलीले घरेलु मैदानमा पदक जित्ने लक्ष्य राखेका छन् ।

१३ औं साग १५/२४ मंसिरमा काठमाडौं, पोखरा र जनकपुरमा आयोजना हुँदैछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विद्यालय बन्द
भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द
२०८३ असोज ८, बिहिबार
ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट
२०८३ असोज ८, बिहिबार
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८३ असोज ८, बिहिबार
विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार
२०८३ असोज ८, बिहिबार
तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह
२०८३ असोज ८, बिहिबार
कांग्रेस महाधिवेशनः ६६ जिल्लाका ६३० जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न
२०८३ असोज ८, बिहिबार
यी हुन् एमाले केन्द्रीय कमिटी बैठकका २२ निर्णय : विद्या भण्डारी वरिष्ठ नेता, २७ जना मनोनीत
२०८३ असोज ८, बिहिबार