काठमाडौं । १३ औँ सागअन्तर्गत पुरुष क्रिकेटमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने भएको छ । नेपाल र श्रीलंकाबीच उदघाटन खेल ३ डिसेम्बरमा टीयू मैदानमा हुनेछ । सागमा ८ वर्षपछि क्रिकेट खेल समावेश गरिएको छ ।
पुरुषतर्फ ५ टोली सहभागी भएकाले राउण्ड रोविनका आधारमा खेल हुनेछ । टेष्ट राष्ट्र श्रीलंका र बंगलादेशको यू २३ टिम सहभागी हुनेछन् । सागमा भारत र पाकिस्तान सहभागी छैनन् ।
यस्तै पोखरामा हुने महिला क्रिकेटमा ४ राष्ट्रको सहभागी छ । जसमा नेपालले पहिलो खेल २ डिसेम्बरमा माल्दिभ्सँग खेल्नेछ ।
महिलातर्फ पनि भारत र पाकिस्तानसँगै भुटान सहभागी छैन । महिला र पुरुष दुवैमा राउण्ड रोविनको खेलपछि पहिलो र दोस्रो हुनेबीच स्वर्ण पदकका लागि फाइनल खेल हुनेछ ।
सागमा दोस्रो पटक क्रिकेट समावेश भएको हो । सागका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा पुरुष र रुबिना क्षेत्रीको कप्तानीमा महिला क्रिकेट टोली घोषणा भएको छ । नेपालको महिला र पुरुष टोलीले घरेलु मैदानमा पदक जित्ने लक्ष्य राखेका छन् ।
१३ औं साग १५/२४ मंसिरमा काठमाडौं, पोखरा र जनकपुरमा आयोजना हुँदैछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया