बैसाख २६, २०८३ शनिबार May 9, 2026

युट्युव भिडिओ मोबाइलको ब्याकग्राउण्डमा यसरी बजाउनुहोस्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्मार्टफोन तथा इन्टरनेटको प्रयोग बढ्दै गएपछि अहिले युट्युवमा भिडियो नहेर्ने वा म्युजिक नसुन्ने कमै हुन्छन् । कम्प्युटरमा त ठीकै छ तर मोबाइलमा युट्युव प्रयोग गर्न स्क्रिन अन भइरहनुपर्छ, स्क्रिन अफ गर्दा वा अर्को एप प्रयोग गर्दा युट्युवको भिडियो बज्न रोकिन्छ ।

अब यस्तोमा स्मार्टफोनको ब्याकग्राउण्डमै युट्युवको म्युजिक कसरी प्रयोग गर्ने ? आज हामी तपाईंलाई यसका लागि एकदमै सजिलो टिप्स बताउँदै छौं । यसका लागि तपाईंलाई न त कुनै बेग्लै एपको आवश्यकता छ न त कुनै प्रिमियम सब्सक्रिप्सनको ।

केवल तपाईंसँग मोबाइल भए पुग्छ । यदि तपाईं एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने सबैभन्दा पहिला गुगल क्रोम ब्राउजरमा जानुहोस् । त्यसपछि युट्युव सर्च गर्नुहोस् र भिडियो प्ले गर्नुहोस् ।

माथि दायाँ कुनामा तीन ओटा थोप्ला भएको बटनमा दबाउनुहोस् र त्यसभित्र रहेको डेक्सटप साइट अगाडिको बक्समा चेक गर्नुहोस् । अब युट्युवमा कुनै गित वा म्युजिक भिडियो प्ले गर्नुहोस् र होम बटन दबाएर बाहिरिनुहोस् ।

यसो गर्दा तपाईंको बजिरहेको युट्युव बन्द हुनेछ । अब आफ्नो मोबाइलको माथि शिरानीबाट तलतर्फ औंला घिसारेर नोटिफिकेसन प्यानल खोल्नुहोस् र त्यहाँ देखिएको प्ले बटन दबाउनुहोस् । अब युट्युवको भिडियो ब्याकग्राउण्डमा आनन्दले बज्न थाल्नेछ ।

यदि तपाईं आईफोन प्रयोग गर्नुहुन्छ भने आफ्नो मोबाइलमा गुगल क्रोम वा सफारी ब्राउजरमा युट्युव खोल्नुहोस् । युट्युव खुल्नेबित्तिकै तपाईंले माथि बायाँ कुनामा सानो ठूलो गरी दुई ओटा अंग्रेजी अक्षर ‘A’ देखा पर्नेछ ।

त्यहाँ खुल्ने अप्सन मध्ये रिक्वेस्ट डेक्सटप वेबसाइटमा थिच्नुहोस् । यति गरिसकेपछि युट्युवमा आफूलाई मन पर्ने भिडियो प्ले गर्नुहोस् ।

अब होम बटन क्लिक गरेर ब्याक हुनुहोस् र नोटिफिकेसन प्यालनमा जानुहोस् । त्यहाँबाट तपाईंले भिडियोलाई पुनः प्ले गर्न सक्नुहुन्छ । अब अर्को कुनै एप खोल्नहोस् वा स्क्रिन लक गरेर फोनलाई एकातिर राख्नुहोस्, कुनै मतलव हुँदैन । ब्याकग्राउण्डमा युट्युव बजिरहन्छ ।-टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
२०८३ बैसाख २६, शनिबार
कङ्गोको द्वन्द्वग्रस्त क्षेत्रमा नागरिक असुरक्षा बढ्दो
२०८३ बैसाख २६, शनिबार
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान
२०८३ बैसाख २६, शनिबार
बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
२०८३ बैसाख २६, शनिबार
विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा
२०८३ बैसाख २६, शनिबार
नेपालगन्ज १० म्युजिक नाइट रनमा सेनाका अक्कल र धादिङकी सन्तोषी च्याम्पियन
२०८३ बैसाख २६, शनिबार
बर्डफ्लुले ५० लाखको क्षति: अनुसन्धान फार्मका सबै पन्छी नष्ट
२०८३ बैसाख २६, शनिबार