काठमाडौं: पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा गरी ८ हजार ९ सय ६० कोरोना भाइरसको संक्रमण देखिएको छ।
यो सँगै कुल संक्रमितको संख्या ४ लाख ३१ हजार १ सय ९१ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।
आजै ५ हजार ५५ जना निको भएकाे स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख छ। हालसम्म नेपालमा ३ लाख २१ हजार ५ सय १८ जना संक्रमितहरु निको भएका छन्। योसँगै निको हुने दर ७४.६ प्रतिशत पुगेको छ। हिजाे पनि निकाे हुने दर ७४.६ थियाे ।
हालसम्म १ लाख हजार ५ हजार २ सय ७ जना सक्रिय संक्रमित आइसोलेशनमा छन् भने ४ सय ९७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा आरटी पिसिआर विधिबाट १९ हजार ४ सय ७४ र एन्टीजेन विधिबाट ७ सय ७१ गरी कुल २० हजार २ सय ४५ जनाको काेराेना परीक्षण गरिएको छ। यो सँगै नेपालमा काेराेना परीक्षण हुनेको संख्या २७ लाख १२ हजार ५ सय ६२ जना पुगेको छ।
गत २४ घण्टामा २ सय १४ जना कोरोना संक्रमितकाे मृत्यु भएकाे छ। याे संख्या सीसीएमसी र नेपाली सेनाले व्यवस्थापन गरेकाे मृतककाे संख्या समेत थप गरिएकाे मन्त्रालयले जनाएकाे छ। हिजाे १ सय ६८ जना कोरोना संक्रमितकाे मृत्यु भएकाे थियाे। मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुनेकाे संख्या कुल ४ हजार ४ सय ६६ जना पुगेकाे छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया