श्रावण २, २०८२ शुक्रबार July 18, 2025

रियलमीको सस्तो आकर्षक स्मार्टफोन नेपालमा, यस्तो छ मूल्य र फिचर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बहुप्रतिक्षित स्मार्टफोन ‘रियलमी सी ११ २०२१’ नेपालमा सार्वजनिक भएको छ । शुक्रबारदेखि रियलमीको यो नयाँ स्मार्टफोन नेपाली बजारमा आएको हो ।

स्मार्टफोन निर्माता कम्पनी रियलमीले पछिल्लो समय विश्व बजारमा आक्रामक रुपले आफ्नो बजार विस्तार गरिरहेको छ । कम्पनीले सस्तो मूल्यमा राम्रो पर्फमेन्स भएको स्मार्टफोनको रुपमा सी सिरिज ल्याएको हो ।

जसले इन्ट्री लेभल फोनको दृष्ट्रिकोणलाई नै परिवर्तन गर्ने कम्पनीको दाबी छ । रियलमीको यो नयाँ स्मार्टफोन रियलमी सी सिरिजका अन्य इन्ट्री लेभलको फोन जस्तै बलियो छ ।

यस अलावा यो टिकाउ ब्याट्री, सशक्त पर्फमेन्स, ठूलो डिस्प्ले र समग्र रुपमा युवा तथा अधिकांश उपभोक्तालाई मध्यनजर गरी डिजाइन गरिएको छ । रियलमी सी ११ २०२१ शक्तिशाली ५००० एमएएच क्षमताको ब्याट्रीका साथ बजारमा आएको छ ।

कम्पनीको दाबीलाई आधार मान्ने हो भने यसको ब्याट्री निरन्तर १७ घण्टासम्म युट्युब चलाउ, निरन्तर ३७ घण्टासम्म कल गर्न र निरन्तर गीत सुन्दा १०८ घण्टा सम्म टिक्न सक्छ । यसैगरी स्टान्डबाई रुपमा राख्दा ४३ दिनसम्म टिकाउ हुने बताइएको छ ।

यो मोबाइलमा पावर सेभिङ मोड पनि छ । जसले सामान्यता प्रयोग भइरहने मुख्य ६ वटा एप चलाउंदा समेत अधिकतम ब्याट्री बचत गर्दछ ।

त्यसैले ब्याट्रीमा चार्ज कम भएको छ, तर तपाईं चार्ज गर्ने अवस्थामा हुनुहुन्न भने पनि तनाव लिनुपर्दैन । यस्तोमा मोबाइलको सुपर पावर मोड अन गरे पुग्छ ।

यसका साथै यसमा सफ्टवेयर अप्टिमाइजेसन लगायतका विशेषताहरु पनि छन् । यसमा रहेको एप क्वीक फ्रिजले ब्याकग्राउण्डका सुस्त एपमा खपत हुने पावर घटाउँछ ।

स्क्रिन ब्याट्री अप्टिमाइजरले डिस्प्ले इफेक्ट कम गरी फोनको स्थिरता बढाउँछ । स्लिप स्ट्यान्डबाई अप्टिमाइजरले फोन यस किसिमका मोडमा चलाउन मद्दत गर्ने भएकाले प्रयोगकर्ताले यसबाट स्मार्टफोन ब्याट्रीको सुखद अनुभूति पाउनेछन् ।

‘रियलमी सी ११ २०२१’ मा ६.५ इन्च (१६.५ सीएम) को ठूलो एलईडी डिस्प्ले दिइएको छ । यो एक फुल–स्क्रिन मिनी ड्रप स्क्रिन हो ।

जसको ब्राइटनेस ४०० निट्स माथि रहेको छ । त्यस्तै यसको स्क्रिन टु बडी रेसियो ८९.५ प्रतिशत छ ।

अक्टा कोर प्रोसेसर र दुई जीबी डुअल च्यानल एपीडीडीआर ४ एक्स र्याम रहेको यो फोनमा ३२ जीबी स्टोरेज छ । माइक्रो एसडी कार्डमार्फत यसको स्टोरेजलाई २५६ जीबीसम्म विस्तार गर्न सकिन्छ ।

यसको र्यामले पावर खपत १७ प्रतिशतसम्म कम गर्ने र पर्फर्मेन्स १५ प्रतिशतले वृद्धि गर्ने कम्पनीको दाबी छ । यो फोन एन्ड्रोइड ११ मा आधारित रियलमी यूआईमा रहेको छ ।

‘रियलमी सी ११ २०२१’ को पछाडि भागमा एलईडी फ्ल्याशको साथमा ८ मेगापिक्सेलको मेन क्यामेरा दिइएको छ । त्यस्तै अगाडि भागमा सानो मिनी ड्रप नोचमा चिटिक्क मिलाएर ५ मेगापिक्सेलको सेल्फी क्यामेरा राखिएको छ ।

वाई–फाई, ब्लुटुथ, फोरजी कनेक्टिभिटी, र सुविधाजनक ट्रिपल कार्डस्लट जस्ता सुविधा समेत तपाईंले यो फोनमा पाउन सक्नुहुन्छ । ‘लेक ब्लू’ र ‘आइरन ग्रे’ गरी दुई वटा रङ्गमा उपलब्ध यो फोनको मूल्य १२ हजार ९९० रुपैयाँ राखिएको छ ।- टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार