भाद्र १०, २०८३ बुधबार August 26, 2026

ओली सरकारको राष्ट्रवाद कालापानीमा सर्मपण : देउवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कांग्रेसका सभापती शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओली सरकारको राष्ट्रवाद कालापानीमा सर्मपण भएको आरोप लगाएका छन् ।

कांग्रेसले बागलुङको निसीखोलामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सभापती देउवाले अहिलेको सरकारले राष्ट्रियताप्रति कुनै पनि चासो नदेखाएको आरोप लगाएका छन । उनले भारतले हालै सार्वजनिक गरेको आफ्नो देशको नक्सामा नेपालको भाग मिसाएको बारेमा सरकार अहिलेसम्म बोल्न नसकेको हुँदा उनीहरुको राष्ट्रवाद कालापानीमा गएर टुंगिएको बताएका छन ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले उत्तरगंगा जलाशय बागलुङ तर्फ नै निर्माण गर्न कांग्रेस लागिपर्ने बताएका छन । साथै पश्चिम बागलुङका छुट्टै जिल्लाको मागलाई आफुहरुको तर्फबाट सक्दो सहयोग गर्ने बताएका छन । उनले मध्यपहाडी लोकमार्ग र सालझण्डी सडकखण्डका विकासमा निम्ति पनि कांग्रेस लाग्ने बताएका छन ।
कार्यक्रममा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र सरकारले प्रजातन्त्रलाई खतरामा पार्न खोजेको बताएका छन । ‘सरकार राम्रा भन्दा पनि नराम्रा काम गदै गएको छ,’ नेता पौडेलले भने, ‘यस्तै चालले अबको नीन वर्षमा देश पूर्ण खतरामा जाने संकेत छ ।’ उनले गाउँ गाउँमा सरकारको विरोध भइरहेको हुँदा अबको दिनमा प्रधानमन्त्री ओलीले कुटनितिक क्षमता पदर्शन गर्न नसक्ने बताएका छन ।

चुनावी सभामा कांग्रेसका युवा नेता गगन कुमार थापा, प्रदिप पौडेल लगायतले बोलेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिरहा भन्सार कार्यालय : राजस्व सङ्कलनमा वृद्धि
२०८३ भाद्र १०, बुधबार
भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
२०८३ भाद्र १०, बुधबार
भद्रपुर प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालनको तयारी
२०८३ भाद्र १०, बुधबार
हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए
२०८३ भाद्र १०, बुधबार
प्रदेश मन्त्रीका मोहले ४ दलको केन्द्रमा हलचल
२०८३ भाद्र १०, बुधबार
अवैधानिक रुपमा निकासी गर्न लागिएको चार ट्रक उत्तिसको गोलिया काठ बरामद
२०८३ भाद्र १०, बुधबार
कोप-३१ : कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा
२०८३ भाद्र १०, बुधबार