मंसिर २२, २०८० शुक्रबार December 8, 2023

नेपाल एयरलाइन्सका सबै जहाजमा भ्रमण वर्षको लोगो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्ना सबै जहाज र अन्य सवारीसाधनमा नेपाल भ्रमण वर्षको लोगो राख्ने भएको छ । निगम कार्यकारी समितिको वैठकले उक्त निर्णय गरेको सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिएका छन ।

वैठकले नेपाल सरकारद्वारा घोषित नेपाल भ्रमण वर्षलाई सफल बनाउन रणनीतिक कार्ययोजनालाई थप परिष्कृत एवम् परिणाममुखी बनाउने निर्णय गरेको उनले बताएका छन ।
निगमले डिजिटल मिडिया सेलवाट फेसबूक, ट्विटर, ईन्स्ट्रग्राम र यूट्युवमा पर्यटनसम्वन्धी सामग्री प्रसारण गर्ने निर्णयसमेत गरेको छ । गुणस्तरीय सेवासहित पर्यटक आकर्षण गर्न केन्द्रीय कार्यालयस्थित विक्री कक्ष राती ८ बजेसम्म खूल्ला राख्ने वैठकको निर्णय छ ।

काठमाडौंका होटेल तथा टुर अपरेटर व्यवसायीहरुसँग सम्झौता गरी विदेशबाट आएका यात्रुहरुलाई निगमका बाहृय स्टेशनबाट प्याकेजमा टिकट विक्रीको व्यवस्था गर्ने निर्णय निगमले गरेको छ । भ्रमण वर्ष २०२० लक्षित थप कार्यक्रम बनाउन पाँच निर्देशक सम्मिलित समिति गठन गरिएको छ ।

मिडिया/पर्यटक सहजिकरणका लागि एक उप-समिति निर्माण गरी पाक्षिक प्रगति मूल्याङ्कन गरी थप कार्यक्रम बनाउने निगमले निर्णय गरेको मिश्रले जानकारी दिएका छन । प्रत्येक अन्तर्राष्ट्रिय स्टेशनहरुमा पर्यटकहरुका लागि गोलाप्रथाद्वारा मासिक एकथान टिकट निःशूल्क उपलव्ध समेत गराइने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई सहमतिमा नै टुङ्गोमा पुर्‍याउनुपर्छ : सभामुख
२०८० मंसिर २२, शुक्रबार
दुई किलो अवैध सुनसहित ३ जना नागढुङ्गा नाकाबाट पक्राउ
२०८० मंसिर २२, शुक्रबार
मनाङमा जलवायु परिवर्तनको असर, हराए हिमालका हिउँ र ताल
२०८० मंसिर २२, शुक्रबार
धनकुटामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु
२०८० मंसिर २२, शुक्रबार
विभिन्न हातहतियारसहित ७ जना पक्राउ
२०८० मंसिर २२, शुक्रबार
स्वास्थ्य क्षेत्रको रणनीति कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक : मन्त्री बस्नेत
२०८० मंसिर २२, शुक्रबार
सरकार आर्थिक समृद्धिका लागि अघि बढिरहेको छ : प्रधानमन्त्री
२०८० मंसिर २२, शुक्रबार