मंग्सिर ८, २०८३ मंगलबार November 24, 2026

बेलझुण्डी अस्पतालमा चार संक्रमितको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा चार कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना अस्पताल बेलझुण्डीका व्यवस्थापक द्रोण ओलीका अनुसार, तुलसीपुर उपमहानगरपालिका–६ निवासी ८४ वर्षीया महिला, तुलसीपुर १८ निवासी ६० वर्षीया  महिला, तुलसीपुर–१० निवासी ५५ वर्षीय पुरुष १२ र तुलसीपुर उपमहानगरपालिका–७ निवासी  ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ। अहिले अस्पतालमा ६० जनाको उपचार भइरहेको छ भने आज ११ जना भर्ना भएका छन्। आज अस्पतालबाट दुई जनाको मात्रै निको भएर घर फर्किएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया