श्रावण १२, २०८१ शनिबार July 27, 2024

भारतले सागमा पुरुष फुटबल नखेल्ने !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद सागको पुरुष फुटबलमा भारतले नखेल्ने सम्भावना बढेको छ । खेलाडीको नाम दर्ता नगराएकाले भारतले नखेल्ने चर्चा शुरु भएको छ ।

यसअघि नै पुरुष र महिला फुटबलको लागि ड्र भइसकेको छ र खेल तालिका पनि सार्वजनिक भइसकेको छ। तर अहिलेसम्म भारतले खेलाडी दर्ता नगराएपछि खेल्ने सम्भावना कमजोर बनेको हो।
यसबारे नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठसँग बुझ्दा उनले भारतले खेलाडीको नाम दर्ता नगराएको, तर नखेल्नेबारे अन्तिम निर्णय भइनसकेको प्रतिक्रिया दिएका छन।

‘भारतको नामचाहिँ इन्ट्री भाछैन पुरुष फुटबलमा तर उनीहरुको डिआरएम मिटिङ भोलि छ। अब त्यो मिटिङबाट भारतको फुटबल टिम आउने/नआउने थाहा हुन्छ।’ संघीय सांसद समेत रहेका श्रेष्ठले भने, ‘त्यो मिटिङ सकिएपछि कुन खेलमा रहनेरनरहने अन्तिम निर्णय हुन्छ ।’

पुरुष फुटबलमा पाकिस्तानबाहेक ६ राष्ट्रले खेल्ने पक्का भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेल तालिका सार्वजनिक गरिसकेको छ। जसमा भारत, श्रीलंका र माल्दिभ्स समूह ‘बी’ मा छन्।

२०१६ मा भारतमै भएको १२औं सागमा नेपालले भारतलाई फाइनलमा हराएर पुरुष फुटबलको स्वर्ण जितेको थियो।

यदी भारतले सहभागिता नजनाउने भएमा पुरुष फुटबलमा ५ राष्ट्र मात्र हुनेछन् र राउण्ड रोविन लिगको आधारमा खेल हुनेछ। त्यसका लागि फेरी ड्र गर्नुपर्नेछ।

महिलातर्फ भने नेपाल, भारत, माल्दिभ्स र श्रीलंका गरी चार राष्ट्र मात्र सहभागी छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार