असोज ९, २०८३ शुक्रबार September 25, 2026

भारतले सागमा पुरुष फुटबल नखेल्ने !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद सागको पुरुष फुटबलमा भारतले नखेल्ने सम्भावना बढेको छ । खेलाडीको नाम दर्ता नगराएकाले भारतले नखेल्ने चर्चा शुरु भएको छ ।

यसअघि नै पुरुष र महिला फुटबलको लागि ड्र भइसकेको छ र खेल तालिका पनि सार्वजनिक भइसकेको छ। तर अहिलेसम्म भारतले खेलाडी दर्ता नगराएपछि खेल्ने सम्भावना कमजोर बनेको हो।
यसबारे नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठसँग बुझ्दा उनले भारतले खेलाडीको नाम दर्ता नगराएको, तर नखेल्नेबारे अन्तिम निर्णय भइनसकेको प्रतिक्रिया दिएका छन।

‘भारतको नामचाहिँ इन्ट्री भाछैन पुरुष फुटबलमा तर उनीहरुको डिआरएम मिटिङ भोलि छ। अब त्यो मिटिङबाट भारतको फुटबल टिम आउने/नआउने थाहा हुन्छ।’ संघीय सांसद समेत रहेका श्रेष्ठले भने, ‘त्यो मिटिङ सकिएपछि कुन खेलमा रहनेरनरहने अन्तिम निर्णय हुन्छ ।’

पुरुष फुटबलमा पाकिस्तानबाहेक ६ राष्ट्रले खेल्ने पक्का भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेल तालिका सार्वजनिक गरिसकेको छ। जसमा भारत, श्रीलंका र माल्दिभ्स समूह ‘बी’ मा छन्।

२०१६ मा भारतमै भएको १२औं सागमा नेपालले भारतलाई फाइनलमा हराएर पुरुष फुटबलको स्वर्ण जितेको थियो।

यदी भारतले सहभागिता नजनाउने भएमा पुरुष फुटबलमा ५ राष्ट्र मात्र हुनेछन् र राउण्ड रोविन लिगको आधारमा खेल हुनेछ। त्यसका लागि फेरी ड्र गर्नुपर्नेछ।

महिलातर्फ भने नेपाल, भारत, माल्दिभ्स र श्रीलंका गरी चार राष्ट्र मात्र सहभागी छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विद्यालय बन्द
भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द
२०८३ असोज ८, बिहिबार
ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट
२०८३ असोज ८, बिहिबार
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८३ असोज ८, बिहिबार
विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार
२०८३ असोज ८, बिहिबार
तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह
२०८३ असोज ८, बिहिबार
कांग्रेस महाधिवेशनः ६६ जिल्लाका ६३० जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न
२०८३ असोज ८, बिहिबार
यी हुन् एमाले केन्द्रीय कमिटी बैठकका २२ निर्णय : विद्या भण्डारी वरिष्ठ नेता, २७ जना मनोनीत
२०८३ असोज ८, बिहिबार