मंग्सिर ८, २०८३ मंगलबार November 24, 2026

पाल्पामा १ सय ७५ जना कोरोना सङ्क्रमित थपिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः पाल्पामा बिहीबार १ सय ७५ जना कोरोना सङ्क्रमित थपिएका छन् । भने थप १ सय १० जना निको भएका छन् । संक्रमित हुनेहरुमम ९० जना पुरुष र ८५ जना महिला रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।

विभिन्न प्रयोगशालामा गरिएको पिसिआर र एन्टिजेन परीक्षणमा आएको नतिजासँगै पाल्पामा थप १ सय ७५ जना कोरोना सङ्क्रमित भएका हुन ।
त्यस्तै आज थप १ सय १० जना कोरोना सङ्क्रमित निको भएका छन् । जिल्लामा हाल १ हजार ६ सय १६ जना सक्रिय सङ्क्रमित रहेका छन् । जिल्लामा कोरोना सङ्क्रमणकै कारण मृत्यु हुनेको सङ्ख्या ७१ पुगेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया