जेठ ११, २०८१ शुक्रबार May 24, 2024

प्राइम बैंकले १६ प्रतिशत लाभांश दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्राइम बैंकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट आफ्ना शेयरधनीलाई १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। बैंकको आज बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी रु नौ अर्ब ६८ करोड ६८ लाख ५१ हजार ७०० को १६ प्रतिशत शेयर लाभांश दिने निर्णय गरेको हो।

बैंकको उक्त लाभांश प्रस्ताव आगामी साधारणसभा एवम् नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि वितरण गरिनेछ। शेयर लाभांश वितरणपछि बैंकको कूल चुक्ता पूँजी रु ११ अर्ब २३ करोड ६७ लाख ४७ हजार ९७२ पुग्नेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया