काठमाडौंः निर्वाचन आयोगले जेठ १७ गतेका हुने राष्ट्रियसभा निर्वाचनका उमेदवारलाई चुनाव चिह्न प्रदान गरेको छ । आयोगले आज नेपाल कम्युनिस्ट पार्टी (एमाले) का चन्द्रबहादुर खड्कालाई सूर्य चिह्न र नेपाली कांग्रेसका उमेदवार दृगनारायण पाण्डेयलाई रुख चिह्न प्रदान गरेको हो ।
पाण्डे कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा (राजमो)का साझा उमेदवार हुन् । खड्का माओवादीबाट एमाले प्रवेश गर्दा रिक्त पदमा निर्वाचन हुन लागेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया