मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

नेपाल र गाम्बियाबीच कूटनैतिक सम्बन्ध स्थापना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपाल र गाम्बियाबीच कूटनैतिक सम्बन्ध स्थापना भएको छ । संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि तथा राजदूत अमृत बहादुर राई र राष्ट्रसंघका लागि गाम्बियाका स्थायी प्रतिनिधि तथा राजदूत ल्याङ याबोउले यससम्बन्धी सम्झौतामा साेमबार हस्ताक्षर गरेका हुन् ।

यसकाे जानकारी राष्ट्रसंघका लागि नेपालका स्थायी नियोगले दिएकाे छ । यससँगै गाम्बिया नेपालको कूटनीतिक सम्बन्ध स्थापना हुने देशको सूचीमा १७० औं देश बनेको छ ।

दुबै राजदूतले यससम्बन्धी जानकारी गराउँदै संयुक्त राष्ट्रसंघलाई संयुक्त पत्रसमेत लेखेका छन् । पश्चिम अफ्रिकी देश गाम्बिया१९६५ मा संयुक्त राष्ट्रसंघमा जोडिएको मुलुक हाे । यसको क्षेत्रफल ११ हजार वर्गकिमि रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया