बैसाख २६, २०८३ शनिबार May 9, 2026

थप दश जिल्लामा निःशुल्क इन्टरनेट जडान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल दूरसञ्चार प्राधिकरणले थप दश जिल्लामा निःशुल्क रुपमा इन्टरनेट पुरयाएको छ । प्राधिकरणले सोमबार एक सूचना प्रकाशन गर्दै ग्रामिण दूरसञ्चार कोषको रकम प्रयोग गरेर उक्त जिल्लामा ब्रोडब्याण्ड नेटवर्क निर्माणको काम सम्पन्न भएको जनाएको हो ।

उक्त जिल्लाका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, सामुदायिक विद्यालय, सामुदायिक स्वास्थ्य संस्था-केन्द्र र अस्पतालहरुमा निःशुल्क इन्टरनेट पुरयाइएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त परियोजना अन्तर्गत गण्डकी प्रदेशका कास्की, तनहुँ, पर्वत, स्याङ्जा र लमजुङ तथा प्रदेश नं. १ का इलाम, सुनसरी, मोरङ, उदयपुर र झापामा ब्रोडब्याण्ड इन्टरनेट विस्तार सम्पन्न भएको हो ।

प्राधिकरणले उक्त जिल्लामा दुई वर्षका लागि निःशुल्क रुपमा इन्टरनेट उपलब्ध गराउनेछ । गण्डकी प्रदेशका पाँच जिल्लामा वल्र्डलिङ्क कम्युनिकेशनले ब्रोडब्याण्ड नेटवर्क र प्रदेश नम्बर १ का पाँच जिल्लामा टेकमाइन्ड्स् नेटवर्कले इन्टरनेट विस्तारको काम सम्पन्न गरेको हो ।

प्राधिकरणले उक्त दश जिल्लाका नगरपालिका, गाउँपालिका वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय र सामुदायिक स्वास्थ्य संस्था÷केन्द्रहरूमा इन्टरनेट सेवा जडान गर्न छुट भएमा १५ दिनभित्र प्राधिकरणमा जानकारी गराउन समेत आग्रह गरेको छ ।

यस्तै, प्राधिकरणले उक्त दश जिल्लाका सर्वसाधारणले इन्टरनेट सेवा जडान गरी सेवा लिनु परेमा सम्बन्धित सेवा प्रदायकसँग सम्पर्क गरी प्राधिकरणबाट स्वीकृत दरमा इन्टरनेट सेवा जडान गर्न सकिने जनाएको छ । – रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
२०८३ बैसाख २६, शनिबार
कङ्गोको द्वन्द्वग्रस्त क्षेत्रमा नागरिक असुरक्षा बढ्दो
२०८३ बैसाख २६, शनिबार
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान
२०८३ बैसाख २६, शनिबार
बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
२०८३ बैसाख २६, शनिबार
विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा
२०८३ बैसाख २६, शनिबार
नेपालगन्ज १० म्युजिक नाइट रनमा सेनाका अक्कल र धादिङकी सन्तोषी च्याम्पियन
२०८३ बैसाख २६, शनिबार
बर्डफ्लुले ५० लाखको क्षति: अनुसन्धान फार्मका सबै पन्छी नष्ट
२०८३ बैसाख २६, शनिबार