काठमाण्डौंः भेरी अस्पतालको कोभिड वार्डमा उपचाररत बिरामीको मृत्यु भएको घटनामा संलग्नलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान कार्य शुरु भएको गृह मन्त्रालयले जनाएको छ ।
गृह प्रवक्ता जनकराज दाहालले शुक्रबार एक विज्ञप्ती जारी गरी घटनाको सत्य तथ्य छानबिनका लागि जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन समेत गरिएको जानकारी दिएको छ ।
मन्त्रालयले यसअघि सोलुखुम्बु, धनुषा, कास्की तथा मोरङ जिल्लामा यस्ता घटनामा संलग्न व्यक्ति उपर कानुन बमोजिम कारबाही गरिसकेको र कोभिड बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीहरूमाथि हुने यस प्रकारका घटना घट्न नदिन, दोषीलाई कानुन बमोजिम कारबाही गर्न र स्वास्थ्यकर्मीहरूको सुरक्षामा विशेष ध्यान पुर्याउन सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशनसमेत दिइसकिएको पनि जानकारी दिएको छ ।
भेरी अस्पतालमा वार्डमा नै छिरेर चिकित्सक र नर्समाथि भएको हातपात र भौतिक आक्रमणको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको गृहको भनाई छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया