मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

पत्रकारको निःशुल्क उपचार, ७ लाखसम्मको दुर्घटना बीमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सरकारले श्रमजिवी पत्रकारको उपचार निःशुल्क गरिदिने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८-७९ को बजेट घोषणा मार्फत सरकारले मुलुकभरका सरकारी अस्पतालहरुमा पत्रकारलाई निःशुल्क उपचार गरिदिने घोषणा गरेका हुन् ।

नेपाल पत्रकार महासङ्घको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचारको व्यवस्था गरिनेछ । त्यसका लागि नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल लगायतसँग मिलेर कार्य गरिने भएको छ । त्यसैगरी, सञ्चार गृहलाई पनि सहुलियत कर्जाको व्यवस्था गरिएको छ ।

श्रमजीवी पत्रकारका लागि ७ लाख सम्मको दुर्घटना बीमा गरी प्रिमियमका ५० प्रतिशत रकम सरकारले बेहोर्ने व्यवस्था मिलाएको अर्थमन्त्री पौडेलले बताएका छन् ।

कोरोनाभाइरस महामारीबाट प्रभावित पत्रकारलाई लेखनवृत्ति सुविधा ल्याइने पौडेलले बताए । तीलगंगास्थित सञ्चार ग्राममा सञ्चार संग्रहालय पनि स्थापना गरिने भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया