काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राष्ट्र सङ्घ शान्ति सेना दिवस (मे २९) अवसरमा शान्ति सैनिकका रूपमा खटिने सुरक्षाकर्मीसहित सम्पूर्ण राष्ट्र सङ्घ परिवारमा शुभकामना दिनुभएको छ ।
उहाँले आज अपराह्न ट्विट गर्दै शान्ति स्थापनार्थ खटिने क्रममा शहादत प्राप्त गर्ने शान्ति सैनिकप्रति श्रद्धाञ्जली दिँदै नेपालले विश्वमा शान्ति स्थापनाका लागि निरन्तर योगदान गरिरहने विश्वास व्यक्त गर्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया