बैसाख २६, २०८३ शनिबार May 9, 2026

यसरी लुकाउनुहोस् स्मार्टफोनमा आफ्नो गोप्य फोटो र भिडिओ (टिप्स सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कहिले काहिँ हामी आफ्नो स्मार्टफोनबाट क्लिक गरेको फोटो वा भिडिओ फोनको ग्यालरीमा राख्न चाहँदैनौं । किनकि त्यहाँ रहेको फोटो वा भिडिओ सहजै अरुले देख्न सक्छन् ।

कहिले काहिँ हामी आफ्ना कुनै फोटोहरु हेर्नका लागि साथीभाइ वा परिवारका सदस्यलाई आफ्नो फोन दिन्छौं । यस्तोमा स्वाइप गर्दा गर्दै उनीहरु त्यस्ता फोटो वा भिडिओमा पुग्छन्, जो हामीले देखाउन चाहेका हुँदैनौं ।

यस किसिमको समस्याबाट बच्नका लागि तपाईंका लागि ग्यालरी लकको सुविधा त हुन्छ, तर हामीले भर्खरै कुरा गरेको जोखिमको अवस्थामा भने यो विधि पर्याप्त हुँदैन । किनभने हामीले आफ्नो ग्यालरीका तस्वीर हेर्नकै लागि अरुलाई आफ्नो स्मार्टफोन दिएको अवस्थामा त्यस्तो व्यक्तिले कहाँसम्म स्वाइप गर्छ र कुन तस्वीरसम्म पुग्छ, त्यसको नियन्त्रण हामीसँग हुँदैन ।

यस्तो अवस्थामा तपाईंका लागि सबैभन्दा राम्रो उपाय भनेको त्यस्ता फोटो र भिडिओलाई ग्यालरीबाट लुकाउनु नै हो । आईफोन सहितका अधिकांश पछिल्ला स्मार्टफोनमा यस किसिमको फिचर रहेको हुन्छ ।

स्मार्टफोनमा कसरी लुकाउने फोटो र भिडिओ ?

अहिलेको समयमा धेरैजसो प्रयोगकर्ताले गुगल फोटोज एप प्रयोग गरिरहेका हुन्छन् । जसमा फोटो र भिडिओ अर्काइभ गर्ने विकल्प रहेको हुन्छ । साथै यो फिचर एन्ड्रोइड र आईओएस दुवै अपरेटिङ सिस्टमका प्रयोगकर्ताका लागि उपलब्ध छ ।

कुनै निश्चित फोटो वा भिडिओ लुकाउनका लागि सुरुमा गुगल फोटोजमा जानुहोस् र आफूले लुकाउन चाहेको फोटो र भिडिओ छनौट गर्नुहोस् । त्यसपछि माथि दायाँ कुनामा दिइएका तीन वटा डटमा ट्याप गर्नुहोस् । त्यहाँ रहेको मुभ टु अर्काइभको विकल्प छनौट गर्नुहोस् ।

यसो गर्दा तपाईंले भर्खरै छनौट गरेका सबै फोटो र भिडिओ अर्काइभमा जानेछन् । यसरी अर्काइभमा गएका फोटो तथा भिडिओलाई तपाईंले तल रहेको एल्बममा ट्याप गरेर अर्काइभ फोल्डरमा ट्याबमा थिच्नुहोस् ।

कतिपय स्मार्टफोन निर्माता कम्पनीले फोनमा फर्स्ट पार्टी ग्यालरी एप दिएका हुन्छन् । जसमा हाइडिङ फिचर समेत रहेको हुन्छ ।

सामसङ

आफ्नो मोबाइलको ग्यालरीमा जानुहोस् र आफूले लुकाउन चाहेको भिडिओ तथा फोटोलाई छनौट गरेर छुट्टै फोल्डर तयार पार्नुहोस् । अब सबैभन्दा तल रहेको एल्बम अप्सनमा ट्याप गर्नुहोस् र माथि दायाँ कुनामा रहेको तीन वटा थोप्लामा जानुहोस् । त्यहाँ तपाईंले हाइड/अनहाइड एल्बमलाई छनौट गरेर लुकाउन चाहेको एल्बमको अगाडिको टोगल अफ गरिदिनुहोस् ।

साओमी

आफ्नो मोबाइलमा भएको ग्यालरी एपमा जानुहोस् र ती सबै फोटो तथा भिडिओलाई छनौट गर्नुहोस्, तपाईं जसलाई लुकाउन चाहनुहुन्छ । त्यसपछि तल रहेको मेनुबाट हाइड बटनमा जानुहोस् । अब छनौट गरिएका सबै तस्वीर ग्यालरी एपमा देखिने छैनन् ।

रियलमी

रियलमीमा एउटा डेडिकेटेड प्राइभेट फिचर छ, जसलाई तपाईंले सेटिङबाट इनेबल गर्न सक्नुहुन्छ र प्राइभेट सेफमा लुकाउनका लागि फोटो र भिडिओलाई ट्रान्सफर गर्न सक्नुहुन्छ । यो प्राइभेट सेफ इन्क्रिप्टेड हुन्छ र यसमा पासवर्ड बाट समेत सुरक्षा दिन सकिन्छ ।

यसका लागि सुरुमा आफ्नो मोबाइलको सेटिङबाट सेक्युरिटी हुँदै प्राइभेट सेफमा गएर त्यसलाई इनेबल गर्नुहोस् । अब तपाईं ग्यालरी वा फाइल एक्सप्लोररमा जान सक्नुहुन्छ । त्यहाँबाट लुकाउन चाहेका फाइल, फोटो र भिडिओ छनौट गर्नुहोस् र सेफमा लैजानुहोस् ।

आईफोन

आईफोनका लागि सुरुमा फोटो एप खोल्नुहोस् । अब माथि दिइएको सेलेक्ट बटनमा ट्याप गर्नुहोस् र लुकाउन चाहेका फोटो तथा भिडिओ छनौट गर्नुहोस् । अब तल बायाँतर्फ दिइएको शेयर आइकनमा ट्याप गर्नुहोस् र हाइडमा दबाउनुहोस् ।

यसरी लुकाइएका फोटो तथा भिडिओ एक्सेस गर्न तपाईंले एल्बममा ट्याप गर्नुपर्ने हुन्छ । त्यसपछि तलतर्फ स्क्रोल गर्दै हिडन अप्सनमा जानुहोस् । आईफोनमा तपाईंको फोटो एपबाट हिडन एल्बमलाई पूर्ण रुपमा लुकाउने विकल्प समेत रहेको हुन्छ । – टेकपानाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
२०८३ बैसाख २६, शनिबार
कङ्गोको द्वन्द्वग्रस्त क्षेत्रमा नागरिक असुरक्षा बढ्दो
२०८३ बैसाख २६, शनिबार
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान
२०८३ बैसाख २६, शनिबार
बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
२०८३ बैसाख २६, शनिबार
विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा
२०८३ बैसाख २६, शनिबार
नेपालगन्ज १० म्युजिक नाइट रनमा सेनाका अक्कल र धादिङकी सन्तोषी च्याम्पियन
२०८३ बैसाख २६, शनिबार
बर्डफ्लुले ५० लाखको क्षति: अनुसन्धान फार्मका सबै पन्छी नष्ट
२०८३ बैसाख २६, शनिबार