मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

अनुदानको खोप लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाने भएको छ ।

सोमबार राति ११ बजे काठमाडौंबाट नेपाल एयरलाइन्सको वाइड बडी एयरबस ए–३३० जहाज बेइजिङ जाने कार्य तालिका छ ।

एयरलाइन्सका अपरेसन निर्देशक दीपु जुहार्चनका अनुसरा जहाजबाट ८ लाख डोज खोप ल्याइने छ । खोप लिएर जहाज मंगलबार दिउँसो २ बजे त्रिभुवन विमानस्थलमा आइपुग्नेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको अनुरोधमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए । त्योमध्ये बेइजिङबाट ८ लाख डोज ल्याउने जिम्मेवारी आफूहरुलाई दिइएको जुहार्चनले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया