असार २४, २०८२ मंगलबार July 8, 2025

अब एकदिवसीय विश्वकपमा १४ र टी-ट्वान्टीमा २० टिमले खेल्ने !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले एकदिवसीय विश्वकप क्रिकेटमा सहभागी टिमको संख्या बढाएको छ ।

आईसीसीले मंगलबार एकदिवसीय विश्वकपमा टिमको संख्या बढाएर १४ बनाउने निर्णय गरेको छ । आईसीसीले २०२७ र २०३१ को विश्वकपमा १४ टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ ।

यस अघि एकदिवसीय विश्वकपमा १० टिमले प्रतिस्पर्धा गर्दै आईरहेका थिए । यस्तै टी-ट्वान्टी विश्वकपको टिमको संख्या बढाएर २० टिम बनाईएको छ । आईसीसीले २०२४, २०२६, २०२८ र २०३० विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ ।

टी-ट्वान्टी विश्वकपमा १६ टिमले प्रतिस्पर्धा गर्दै आईरहेका छन् । यसै वर्ष भारतमा आयोजना हुने विश्वकपमा १६ टिमले खेल्ने छन् ।

सन् २०२४ को विश्वकपपछि हरेक दुई वर्षमा टी-ट्वान्टी विश्वकप आयोजना गर्ने निर्णय समेत आईसीसीले जनाएको छ । त्यस्तै २०२५ र २०२९ मा ८ टिम सहभागी च्याम्पियन्स ट्रफी आयोजना गरिनेछ ।

आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल २०२५, २०२७ , २०२९ र २०३१ मा आयोजना गरिने समेत आईसीसीले जनाएको छ । – खेलपाटी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया