भाद्र ९, २०८३ मंगलबार August 25, 2026

१८ करोडले घट्यो हस्तकलाको निर्यात व्यापार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपालको व्यापारघाटालाई कम गर्ने मुख्य वस्तु भनी प्रचार गरिए पनि पछिल्लो समय हस्तकलाको निर्यात व्यापार घटेको छ। पछिल्लो तीन वर्षको तथ्यांकले यस क्षेत्रको निर्यात व्यापार घटेको देखाएको हो।

आर्थिक वर्ष २०७३/०७४ को कुल निर्यात पाँच अर्ब ३९ करोड रहेकोमा २०७४/०७५ मा अघिल्लो वर्षको तुलनामा १८ करोडको निर्यात घटी कुल पाँच अर्ब २१ करोड हस्तकलाका सामग्री निर्यात भएको छ।

गत आर्थिक वर्षमा सरकारले निर्यातलाई प्रोत्साहन गर्ने भने पनि निर्यात तथ्यांकमा भने कुनै उत्साह देखिएको छैन। अघिल्लो वर्षको तुलनामा तीन प्रतिशत वृद्धि भई कुल पाँच अर्ब ३७ करोड मात्रै निर्यात भएको छ।

हस्तकलाको निर्यातमा पाँच वर्षको तथ्याङ्कलाई केलाउँदा भने ५९ करोडले निर्यातमा वृद्धि भएको छ। आर्थिक वर्ष २०७१/०७२ मा कुल ४ अर्ब ७८ करोडको निर्यात रहेकोमा ०७५/०७६ मा कुल पाँच अर्ब ३७ करोड रहेको छ।

भूकम्प तथा नाकाबन्दीको आर्थिक वर्ष २०७२/०७३ मा दुई करोड बढी निर्यात घटेर चार अर्ब ७२ करोडको निर्यात भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पशुमा रेबिज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
२०८३ भाद्र ९, मंगलबार
त्रिविको परीक्षा प्रणाली विद्यार्थीमैत्री बनाउन स्ववियुको १० बुँदे माग
२०८३ भाद्र ९, मंगलबार
गण्डकीमा सत्ता समीकरण फेरिँदै, एमालेका मन्त्रीले राजीनामा दिने
२०८३ भाद्र ९, मंगलबार
सुनचाँदीको मूल्यमा सामान्य घट्बढ
२०८३ भाद्र ९, मंगलबार
डिष्ट्रिक्ट ३२५ के, नेपालले असोज पहिलो साता लायन्स लिडरशिप क्याम्प आयोजना गर्ने
२०८३ भाद्र ९, मंगलबार
पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
२०८३ भाद्र ९, मंगलबार
दुई दशकदेखि लोकसंगीतमा सानु सुर्खाली, तीजमा ल्याइन् ‘यो साल माइती आइन’ (भिडियो)
२०८३ भाद्र ९, मंगलबार