असार १०, २०८२ मंगलबार June 24, 2025

१८ करोडले घट्यो हस्तकलाको निर्यात व्यापार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपालको व्यापारघाटालाई कम गर्ने मुख्य वस्तु भनी प्रचार गरिए पनि पछिल्लो समय हस्तकलाको निर्यात व्यापार घटेको छ। पछिल्लो तीन वर्षको तथ्यांकले यस क्षेत्रको निर्यात व्यापार घटेको देखाएको हो।

आर्थिक वर्ष २०७३/०७४ को कुल निर्यात पाँच अर्ब ३९ करोड रहेकोमा २०७४/०७५ मा अघिल्लो वर्षको तुलनामा १८ करोडको निर्यात घटी कुल पाँच अर्ब २१ करोड हस्तकलाका सामग्री निर्यात भएको छ।

गत आर्थिक वर्षमा सरकारले निर्यातलाई प्रोत्साहन गर्ने भने पनि निर्यात तथ्यांकमा भने कुनै उत्साह देखिएको छैन। अघिल्लो वर्षको तुलनामा तीन प्रतिशत वृद्धि भई कुल पाँच अर्ब ३७ करोड मात्रै निर्यात भएको छ।

हस्तकलाको निर्यातमा पाँच वर्षको तथ्याङ्कलाई केलाउँदा भने ५९ करोडले निर्यातमा वृद्धि भएको छ। आर्थिक वर्ष २०७१/०७२ मा कुल ४ अर्ब ७८ करोडको निर्यात रहेकोमा ०७५/०७६ मा कुल पाँच अर्ब ३७ करोड रहेको छ।

भूकम्प तथा नाकाबन्दीको आर्थिक वर्ष २०७२/०७३ मा दुई करोड बढी निर्यात घटेर चार अर्ब ७२ करोडको निर्यात भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘भाषा, संस्कृति र स्वतन्त्रताको संरक्षण गर्नु सबै नेपालीको दायित्व हो’ : उपसभामुख रानामगर
२०८२ असार १०, मंगलबार
रुसी आक्रमणमा युक्रेनमा सातजनाको मृत्यु
२०८२ असार १०, मंगलबार
सुरक्षासम्बन्धी भारत–नेपाल परामर्श समूहको सोह्रौँ बैठक सम्पन्न
२०८२ असार १०, मंगलबार
सामुदायिक विद्यालयको अवस्था सुधार गर्न स्थानीय तह बढी जिम्मेवार हुनुपर्छ : मुख्यमन्त्री सिंह
२०८२ असार १०, मंगलबार
इजरायल र इरानद्वारा युद्धविराम स्वीकार
२०८२ असार १०, मंगलबार
“कोरोनाबाट इलामकी ३९ वर्षीया महिलाको मृत्यु, संक्रमण दर फेरि बढ्दै”
२०८२ असार १०, मंगलबार
भ्रष्टाचारीहरूको लर्कोमा बाबुरामलाई नजोड्नू : पूर्वप्रधानमन्त्री भट्टराई
२०८२ असार १०, मंगलबार