असार २२, २०८२ आइतबार July 6, 2025

माल्दिभ्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि नेपाल विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तगर्त दोस्रोे अभ्यास खेलमा नेपाल ‘ए’ ले माल्दिभ्सलाई १०७ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

शुक्रबार भएको खेलमा २ सय १७ रनको विशाल लक्ष्य पछ्याएको माल्दिभ्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९ रन मात्र बनाएको थियो।

माल्दिभ्सका ओपनर मोहम्मद इभान अली शून्य तथा मोहम्मद रिजवान ७ रनमा एलबीडब्लू आउट हुँदैै पेभिलियन फर्केका थिए।

मध्यगतिका बलर मञ्जित श्रेष्ठले शेर मल्लबाट मोहम्मद आजमलाई २६ रनमा क्याच आउट गराएपछि नेपालको जित उन्मुख भएको थियो। आजमले २५ बलमा ३ चौका प्रहार गरे । नेपालका बिक्रम शोब, तिलक राज भण्डारी र मञ्जित श्रेष्ठले समान २ विकेट लिए । शेर मल्लको नाममा १ विकेट रह्यो ।

त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा माल्दिभ्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ३ विकेट गुमाउँदै २ सय १६ रनको योगफल तयार पारेको थियो।

कप्तान तथा ओपनर शरद भेषावकरले ४२ बलमा ४ चौका र ८ छक्कासहित ८४ रनमा एलबीडब्लु आउट भए। शरदले २२ बलमा अर्धशतक पुरा गरे। प्रदीप ऐरीले ३६ बलमा ४ चौका र ६ छक्का ६९ रनमा क्याच आउट भए। दोस्रो विकेटका लागि प्रदीप ऐरी र शरदले १ सय २ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै नेपाललाई विशाल योगफल सम्म पु¥याए। अमित श्रेष्ठ २५ रनमा अविजित रहे।

माल्दिभ्सका लिम सफिकले ३ विकेट लिए। पहिलो अभ्यास खेलमा नेपाल ‘ए’ ४९ विजयी भएको थियो। तेस्रो अभ्यास खेल शनिबार हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार