असार २४, २०८२ मंगलबार July 8, 2025

कोपा अमेरिका फुटबलमा ब्राजिलले सहभागिता जनाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कोपा अमेरिका फुटबलमा ब्राजिलले सहभागिता जनाउने भएको छ । घरेलु मैदानमा आयोजना हुने प्रतियोगिताका लागि ब्राजिलले सहभागिता जनाउने लगभग पक्का भएको हो ।

खेलाडीहरू प्रतियोगिताको विपक्षमा देखिएपछि कोपा अमेरिकामा ब्राजिलको सहभागिताको विषय अन्योलमा रहँदै आएको थियो । ब्राजिल फुटबल कन्फेडेरेसनका कार्यवाहक अध्यक्ष एन्टोनियो कार्लोसले टिमले कोपा अमेरिका फुटबलमा सहभागिता जनाउने बताएका छन् ।

आयोजक राष्ट्र ब्राजिलका कप्तान कासिमिरोसहित अन्य देशका खेलाडीहरू कोपा आयोजनाको विरोधमा देखिएका छन् । यता, कार्यवाहक अध्यक्ष कार्लोसले प्रतियोगितामा टिमको सहभागिता रहने पुष्टि गरेका हुन् ।

प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने तालिका रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया