असार ४, २०८२ बुधबार June 18, 2025

सागमा नेपालले पायो पहिलो पदक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले पहिलो पदक जितेको छ।

चञ्चला दनुवारले कराँतेको सिनियर महिला व्यक्तिगत कातातर्फ नेपाललाई रजत पदक दिलाएकी हुन्। पाकिस्तानकी साइदासँग पराजित हुँदै नेपाल रजतमा खुम्चिएको थियो।

पाकिस्तानकी साइदाले २५.२८ अंक ल्याउँदै स्वर्ण पदक जितिन। चञ्चलाले २४.६२ अंक प्राप्त गरिन।

त्यसअघि पहिलो चरणमा चन्चला समूह ए बाट शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरेकी थिइन्। चन्चलाले समूहमा भुुटानकी सोनाम ल्हामो र बंगलादेशकी हुमाइरा अख्तरलाई पछि पारिन्। समूह चरणमा चन्चलाले २४.०२ अंक जोडेकी थिइन।

यस्तै सोनामले २०.४२ अंक जोड्दा अख्तरले २१.६ अंक ल्याइन्।

अर्को समूहबाट पाकिस्तानकी साहिदा शीर्षस्थानमा रहँदै फाइनलमा प्रवेश गरेकी थिइन्। समूहमा उनले चञ्चला भन्दा केही बढीमात्रै २४.८२ अंक प्राप्त गरेकी थिइन। यस्तै सोही समूहकी श्रीलंकाकी हेत्ती अर्चाचिलागेले २३.८८ अंक पाएकी थिइन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया