असार २४, २०८२ मंगलबार July 8, 2025

१३औं पटक फ्रेन्च ओपन विजेता नाडाल नोभाकसँग पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः फ्रेन्च ओपन प्रतियोगिताको सेमी फाइनल खेलमा साविक विजेता रफाएल नाडाल पराजित भएका छन्।

पेरिसको ‘फिलिप च्याटरियर कोर्ट’मा गए राति भएको सेमी फाइनल खेलमा विश्व नम्बर १ नोभाक जोकोभिचले १३ पटक फ्रेन्च ओपन विजेता नाडाललाई ३-६, ६-३, ७-६ (४), ६-२ को सेटमा पराजित गरेका हुन्।

विश्व नम्बर ३ नाडालले पहिलो सेट सजिलै जितेपनि जोकोभिचले त्यसपछि खेलमा उत्कृष्ट पुनरागमन गरेका हुन्। ‘क्ले कोर्ट’का राजा भनेर चर्चित नाडाल यस पटक आफ्नो २१औं ‘ग्रान्ड स्ल्याम’ उपाधिको दाउमा थिए।

गत वर्षको फ्रेन्च ओपन फाइनलमा यी दुई टेनिसका सुपरस्टार खेलाडीहरु भिड्दा नाडालको तराजु भारी रहेको थियो। यस वर्ष नाडाललाई पराजित गर्ने क्रममा जोकोभिचले गए रातिको खेलमा कुल १४२ अंक प्राप्त गरे।

अब फाइनलको लागि १८ पटक ‘ग्रान्ड स्ल्याम’ विजेता जोकोभिचले ग्रीसका स्टेफानोस ट्सिसिपासको सामना गर्नेछन्। आईतवार खेलिने फाइनल खेलमा विश्व नम्बर ५ ट्सिसिपास आफ्नो पहिलो ‘ग्रान्ड स्ल्याम’ उपाधिका लागि ‘फिलिप च्याटरियर कोर्ट’मा प्रवेश गर्नेछन्।

ट्सिसिपासले हिजै सम्पन्न पहिलो सेमी फाइनल खेलमा विश्व नम्बर ६ जर्मन खेलाडी एलेक्जेन्डर जेभरेभलाई ६-३, ६-३, ४-६, ४-६ र ६-३ को सेटमा पराजित गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार