असोज ११, २०८३ आइतबार September 27, 2026

पुरानो स्मार्टफोनलाई नयाँ जस्तै छिटो कसरी चलाउने ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः स्मार्टफोनहरू धेरैजसो एक क्लिकमै चल्ने गर्छ । छिटो हुन्छन् । यसको प्रयोग बढ्दै गएपछि भने बिस्तारै फोनको स्पिड घट्दै जान्छ । ह्याक भइरहन्छन् । चलाउनै दिक्क लाग्छ ।

हामीले केही विधि अपनाउने हो भने पुरानै फोनलाई पनि नयाँ जस्तै छिटो चलाउन सकिन्छ । त्यसको लागि निम्न उपायहरू प्रयोग गर्न सकिन्छ ।

१. स्टोरेज सफा गर्ने 

स्टोरेज क्लियर गर्ने थुप्रै एपहरू हुन्छन् । गुगलको गुगल फाइल्स गो पनि स्टोरेज क्लियर गर्ने एकदमै राम्रो एप हो । यो एपले धेरै स्पेस लिने फाइललाई हटाइदिन्छ र फोनलाई स्क्यान गरेर कुन कुनलाई हटाउनुपर्छ भनेर सुझाव पनि दिन्छ । यो एपले एकै प्रकारका फोटोलाई पत्ता लगाएर एकै क्लिकमा डिलिट गरिदिन पनि सक्छ ।

२. साधा होम स्क्रीन राख्ने 

होम स्क्रीनले हाम्रो फोनको धेरै ¥याम खाइदिन्छ । हामीले एकदमै थोरै विड्जेट्स प्रयोग गर्नुपर्छ र सकेसम्म लाइभ वालपेपर प्रयोग गर्नु हुँदैन ।

३. ब्लोटवेयरलाई डिसेबल गर्ने 

धेरैजसो एन्ड्रोइड एपमा पहिलेदेखि नै ओइएमले एपहरू इन्स्टल गरेको हुन्छ । यस्तो एपलाई ब्लोटवेर भनिन्छ । कुनै कुनै एप त हामी कहिले पनि प्रयोग नै गर्दैनौं । यस्तो भएको छ भने ती एपहरूलाई तुरुन्तै हटाइदिनुपर्छ । ओइएमले कुनै कुनै एपलाई सील गरेको हुन्छ, त्यसैले कारण त्यस्ता एपलाई डिसेबल गर्नुपर्छ । यस्तो एपलाई डिसेबल गरेपछि अनइन्स्टल गरे जस्तै हुन्छ ।

४. लेटेस्ट सफ्टवेयर इन्स्टल गर्ने

धेरैजनाले सफ्टवेयर इन्स्टल गरेपछि अझै बढी स्पेस लिने गर्छ भन्ने गलत सोच राख्ने गर्छन् । लेटेस्ट सफ्टवेयर इन्स्टल गर्दा बग फिक्स हुन्छ र मोबाइल पनि अझै राम्ररी चल्ने गर्छ । ह्याङ हुने समस्या पनि हट्छ । -आईसिटीखबरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन
२०८३ असोज ११, आइतबार
सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण : डा गुणाकर भट्ट
२०८३ असोज ११, आइतबार
‘नेपाली डायस्पोरा आर्थिक रूपान्तरणको महत्वपूर्ण साझेदार’ : परराष्ट्रमन्त्री
२०८३ असोज ११, आइतबार
बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा
२०८३ असोज ११, आइतबार
पर्यटन विकासका लागि अन्तर मन्त्रालय समन्वय आवश्यक छ : मन्त्री पौडेल
२०८३ असोज ११, आइतबार
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा
२०८३ असोज ११, आइतबार
गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार
२०८३ असोज ११, आइतबार