असार ३०, २०८३ मंगलबार July 14, 2026

सागमा नेपालले जित्यो ६ स्वर्ण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । १३ औं साग खेलकुदमा नेपालले हालसम्म ६ वटा स्वर्ण पदक जित्न सफल भएको छ। हालसम्म कराँतेबाट ३ विधामा नेपालले स्वर्ण पदक हातपार्दा, तेक्वान्दोबाट दुई तथा ट्राइथ्लोनमा एक स्वर्ण जितेको छ।

नेपाललाई पहिलो स्वर्ण व्यक्तिगत कराँते काता विधाबाट मन्डेकाजी श्रेष्ठले दिलाएका थिए। यस्तै मन्डेकाजी श्रेष्ठकै टोलीले सिनियर पुरुष कराँते कातामा अर्को स्वर्ण हातपार्दा नेपाली महिला कराँते टोलीले पनि कातामै स्वर्ण जिते।

मन्डेकाजीले देशलाई दुई विधाबाट दोहोरो स्वर्ण दिलाएकोमा आफू निकै खुशी भएको नेपालबरसँग बताए। १२ औं सागमा कराँते खेल समावेश नहुँदा उनले उक्त खेलमा सहभागी हुने मौका पाएका थिएनन्। इखकै कारण आफूले स्वर्ण जित्ने लक्ष राखेकाले यो सम्भव भएको उनी बताउँछन्।

यसैगरी तेक्वान्दोमा व्यक्तिगत पुम्सेतर्फ कमल श्रेष्ठले स्वर्ण हात पार्दा सिना मादेन लिम्बुले तेक्वान्दो पुम्से विधामै अर्को स्वर्ण हात पारिन्। उनले १७ वर्षभन्दामाथि २३ वर्षभन्दा कम उमेर समूहमा यस उपलब्धि हात पारेकी हुन्।

यस्तै ट्राइथ्लनमा सोनिका गुरुङले स्वर्ण जितेकी थिइन्।

सागका खेलहरु जारी छन्। खेल जनकपुर, पोखरा र काठमाडौंमा मंसिर २४ गतेसम्म चल्नेछ।

नेपालले यसपटक ५० स्वर्ण जित्ने लक्ष्य बनाएको छ। १२ औं सागमा नेपालले मात्र ३ स्वर्ण जितेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय सेवा दलको दायरा विस्तार, वार्षिक ११ हजार ५०० युवालाई तालिम दिने लक्ष्य
२०८३ असार ३०, मंगलबार
प्रतिनिधिसभाको शून्य समय: समसामयिक विषयमा ध्यानाकर्षण
२०८३ असार ३०, मंगलबार
४४ जिल्लामा आकस्मिक बाढीको जोखिम
२०८३ असार ३०, मंगलबार
अफगानिस्तानमा एक करोड भन्दा बढी महिलाहरु सहायताको पर्खाइमा: राष्ट्र सङ्घ
२०८३ असार ३०, मंगलबार
हर्मुजबारे इरानी संसद्मा विधेयक
२०८३ असार ३०, मंगलबार
१८ मन्त्रालयका करार कर्मचारीले दिए अर्थ मन्त्रालयको मुलगेटमा धर्ना
२०८३ असार ३०, मंगलबार
विपद् जोखिम न्यूनीकरण प्रभावकारी बनाउन सभामुख अर्यालद्वारा सरकारलाई रुलिङ
२०८३ असार ३०, मंगलबार