असार २३, २०८२ सोमबार July 7, 2025

बूढीगण्डकीको बाँकी मुआब्जा वितरण प्रक्रिया सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाको बाँकी मुआब्जा वितरण प्रक्रिया सरकारले अघि बढाएको छ ।

जिल्ला प्रशासन कार्यालय, गोरखाले १०३२ र धादिङले १७१६ जग्गाधनीहरूको थाती मुआब्जा वितरण प्रक्रिया मंगलबार सार्वजनिक सूचना जारी गर्दै अघि बढाएको हो । गोरखातर्फ साविक आरूचनौटे र थुमी गाविस तथा धादिङतर्फ साविक सल्यानटार गाविसको मुआब्जा वितरण प्रक्रिया रोकिएको थियो । अन्य स्थानमा वितरण भए पनि यो क्षेत्रमा भने जग्गाको वर्गीकरणलगायत विवादले रोकिएको थियो । विवाद समाधानपछि मुआब्जा वितरण प्रक्रिया अघि बढाइएको हो ।

जिल्ला प्रशासन कार्यालय, गोरखा र धादिङले मंगलबार एक सूचना जारी गर्दै जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९, १० र ११ बमोजिम मुआब्जा वितरणका लागि निवेदन आह्वान गरेको जनाएका छन् ।

लाभग्राहीले मंसिर १८ देखि निवेदन दिन समय दिइएको छ । गण्डकी गाउँपालिका–८ स्थित सिउरेनिटारमा रहेको बूढीगण्डकी जललविद्युत् आयोजनाको कार्यालयलाई दुवै जिल्लाका प्रशासन कार्यालयले निवेदन बुझाउने स्थान तोकेका छन् । सूचीमा धादिङतर्फ १७१६ र गोरखातर्फ १०३२ जग्गाधनी परेका छन् ।
जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको चर्चा लामो समयदेखि चले पनि यसको क्षमता र निर्माण मोडालिटीलगायतमा अन्योलता छ । नेपालको जलविद्युत् उत्पादनमा यो आयोजनाको ठूलो योगदान रहने भए पनि यसले गति पक्डन सकेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार