भाद्र १, २०८३ सोमबार August 17, 2026

साग क्रिकेटः नेपाल श्रीलंकासँग पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । उपकप्तान दिपेन्द्र सिंह ऐरीले शानदार ब्याटिङ गर्दै ७२ रन बनाएपनि फिल्डिङमा गल्ती गर्दा नेपाल १३औं साग अन्तर्गत पुरुष क्रिकेटको पहिलो खेलमा श्रीलंका यू२३ सँग ६ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १७३ रनको लक्ष्य श्रीलंकाली टोलीले ४ विकेट गुमाएर भेट्टायो । उसको जितमा शाम्मु अशानले अर्धशतकीय पारी खेले । उनले ७२ रन बनाए । यस्तै निशान मदुस्काले ४६ र पथम निशान्काले ३० रन बनाए ।
निशान मदुस्का र पथुम निसान्काले पहिलो विकेटका लागि ३ ओभरमै ३६ रनको साझेदारी गर्दै उत्कृष्ट शुरुवात दिलाएका थिए । तेस्रो ओभरको अन्तिम बलमा सोमपाल कामीले निसान्कालाई विकेटकिपर विनोद भण्डारीको हातबाट क्याचआउट गराउँदै पहिलो सफलता दिलाएका थिए ।

पाँचौ ओभरको पहिलो बलमा पवन सर्राफले कामिन्डु मेन्डिसलाई आउट गरे । उनले १ रन मात्र बनाए । सुशन भारीले छैटौं ओभरको तेस्रो बलमा ६ रन बनाएका कप्तान असालान्कालाई आउट गर्दै नेपाललाई खेलमा फर्काएका थिए ।

तर निसान्का र शाम्मु अशानले चौथो विकेटका लागि उत्कृष्ट साझेदारी गर्दै श्रीलंका यू२३ लाई जित दिलाए नेपालले फिल्डिङमा ३ वटा क्याच मिस गरेको थियो ।

निसान्का र शाम्मुले चौथो विकेटका लागि ९१ रनको साझेदारी गरे । निशान्का ४६ रन बनाएर आउट भए । त्यसपछि शाम्मस अशानले अन्तिमसम्म ब्याटिङ गर्दै श्रीलंकालाई जित दिलाए । उनले ४४ बल खेल्दै ४ चौका र ५ छक्काको मद्दतमा ७२ रन बनाए ।

नेपालका पवन सर्राफले २ विकेट लिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ थुनामुक्त
२०८३ भाद्र १, सोमबार
जसपा–लोसपा एकीकरणपछि सप्तरीमा खुशीसँगै असन्तुष्टि, यस्तो छ नयाँ केन्द्रीय समिति
२०८३ भाद्र १, सोमबार
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
२०८३ भाद्र १, सोमबार
राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्ष सेठलाई मानार्थ महारथी दर्ज्यानी प्रदान
२०८३ भाद्र १, सोमबार
युवतीसँग होटलमा भेटिएका काभ्रेको सई माथी छानबिन सुरू
२०८३ भाद्र १, सोमबार
विश्वासको मत नलिइ बागमती मुख्यमन्त्री बानियाँले दिए राजिनामा
२०८३ भाद्र १, सोमबार
किशोर श्रेष्ठमाथि अनुसन्धान लम्बियो, थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
२०८३ भाद्र १, सोमबार