असार २४, २०८२ मंगलबार July 8, 2025

जर्मनीले पोर्चुगललाई ४-२ गोल अन्तरले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः १६ औं संस्करणको युरोकप फुटबलमा जर्मनीले पोर्चुगलमाथि शानदार जित हासिल गरेको छ । म्युनिखमा शनिबार राति सम्पन्न खेलमा जर्मनीले पोर्चुगललाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

जर्मनीको जितमा काइ हाभेर्ट र रोबिन गोसेन्सले एक एक गोल गरेका थिए भने दुई गोल पोर्चुगलका खेलाडीले आत्मघाती गोल गरेका थिए । खेलको ३५औ मिनेटमा रुबेन डियास र ३९औ मिनेटमा  राफेल गुरेएइरोले आत्मघाती गोल गरेका थिए ।

त्यस्तै पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डो र डियोगो जोटाले एक एक गोल गरेका थिए ।

पोर्चुगलको यो पहिलो हार हो । पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३–० ले हराएको थियो । समूहको तेस्रो स्थानको पोर्चुगलले २ खेलमा ३ अंक जोडेको छ । यो जितपछि जर्मनीको २ खेलमा ३ अंक भएको छ भने पोर्चुगलको पनि २ खेलमा ३ अंक रहेको छ ।

अब समुह चरणको अन्तिम खेलमा जर्मनीले हंगेरीको सामना गर्ने छ भने पोर्चुगलले फ्रान्सको सामना गर्ने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया