मंग्सिर १, २०८२ सोमबार November 17, 2025

साग फुटबलमा भुटानविरुद्ध नेपालको शानदार जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । १३ औं साग फुटबलमा नेपाली टोलीले भुटानविरुद्ध शानदार जित हात पारेको छ।

मंगलबार दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले भुटानमाथि ४–० को जित निकालेको हो।

घरेलु मैदानमा नेपालले भुटानमाथि खेलको सुरुवाती पाँचौ मिनेटमै सुरुवाती अग्रता लिएको थियो।

खेलको ५ औं मिनेटमा कप्तान सुजल श्रेष्ठले नेपाललाई सुरुवाती अग्रता दिलाउँदा उनले नै खेलको ५० औं मिनेटमा दोस्रो गोल गरेका थिए।

त्यसपछि खेलको ६६औं मिनेटमा अभिशेष रिजालले हेडरमार्फत तेस्रो गोल गर्दा खेलको ७६ औं मिनेटमा डिफेन्डर मिक्चेन तामाङले फ्रि–किकमार्फत् आकर्षक गोल गर्दै नेपाललाई ४ गोलको अग्रता दिलाएका थिए।

यस जितसँगै नेपालले ३ अंक बटुलेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लुम्बिनीका सभामुखद्धारा स्वकीय सचिवालय विघटन
२०८२ मंग्सिर १, सोमबार
सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह
२०८२ मंग्सिर १, सोमबार
सुडानको मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसंघको चेतावनी
२०८२ मंग्सिर १, सोमबार
क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह
२०८२ मंग्सिर १, सोमबार
एक वर्षमा ४२ हजार ८५६ विद्युतीय सिफारिस जारी
२०८२ मंग्सिर १, सोमबार
पाठेघरको मुखको क्यान्सरः स्क्रिनिङ र खोप विस्तार जरुरी
२०८२ मंग्सिर १, सोमबार
प्यालेस्टिनी राज्यको विषयमा नेतान्याहु अडिग, संयुक्त राष्ट्रसङ्घको मतदानअघि तनाव वृद्धि
२०८२ मंग्सिर १, सोमबार