असार २३, २०८२ सोमबार July 7, 2025

स्रोत नखुलेको ७ लाख नगद र १८ केजी गाँजा सहित ६ जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः लागूऔषध गाँजा ओसार पसार तथा बेचबिखनमा संलग्न ३ भारतीय नागरिकसहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी देवानगन्ज १ का ४० वर्षीय उमेश यादव, धनकुटा सहिदभुमि गाउँपालिका १ का ३२ वर्षीय रुद्र राई र धरान उपमहानगरपालिका १३ स्थित सुम्निमा चोकका ४५ बर्षीय सुर्य राई रहेका छन् । त्यस्तै, भारतीय नागरिक भारत अररिया फार्बिजगन्ज का १९ वर्षीय सोनु कुमार यादव, अररिया पिर्पाघाट विशनपुर का २८ वर्षीय जयराम यादव र अररिया नरपथगन्ज सोनापुर का ३० बर्षीय रन्जित भन्ने प्रिन्स विचितर कुमार रहेका छन् ।

विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले पक्राउ परेकाहरुको साथबाट नेपाली नगद रु ७ लाख १६ हजार ६ सय, भारतिय नगद रु २ हजार लगायत विभिन्न कम्पनीको मोवायल थान-६ फेला पारी बरामद गरेको छ ।

प्रहरीले थप अनुन्धान गर्ने क्रममा लागूऔषध गाँजा ओसार पसारमा प्रयोग गरेको को १ च २४१२ नम्बरको मारुती भेन र उनिहरुले विराटनगर महानगरपालिका ६ रामपुर स्थित झाँडीमा लुकाई छिपाई राखेको १८ केजी गाँजा समेत फेला पारी बरामद गरेको छ ।

पक्राउ परेका मध्ये सुर्य राई भेन चालक रहेको खुल्न आएको छ । पक्राउ परेका ६ जनाउपर लागूऔषध कसूरमा थप अनुसन्धान कार्य भई रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले बताएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया