असार २४, २०८२ मंगलबार July 8, 2025

शैक्षिक संस्थादेखि रेडियोको भवन डुबानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः यही असार १ गतेको बाढीले तिम्बु, किउल, चनौटे, ग्याल्थुम, तालामाराङ, मेलम्चीमा ठूलो जनधनको क्षति पु¥याएको छ । बाढीले व्यक्तिका घर, सङ्घसंस्था, विभिन्न कार्यालय, खेतीयोग्य जमिन एवं विद्यालयमा क्षति पु¥याएको छ । विद्यालयका पक्की संरचनासमेत भत्किँदा विद्यार्थीको बिचल्ली भएको छ भने सञ्चार माध्यमहरूमा क्षति पुग्दा आम नागरिक सूचनाको पहुँचबाट बन्चित हुनु परेको छ ।

कोरोेनाको कहरका बीचमा पनि तेर्से माध्यामिक विद्यालय, तालामाराङले विभिन्न माध्यमबाट शैक्षिक गतिविधि अगाडि बढाउँदै आएको थियो । विद्यार्थी भर्ना, पुस्तक वितरणजस्ता कार्यले गर्दा विद्यालयले आफ्नो गतिविधि सक्रियरूपमा अगाडि बढाएको थियो । मेलम्ची भेगको अग्रणी विद्यालय, गुणस्तिरीय शिक्षा प्रदान गर्दै मेलम्ची नगरपालिकाको नमुना विद्यालयको रूपमा परिचित छ र थियो । असार १ गतेको बाढीले सामान्य क्षति पु¥याएको स्कुलमा असार ५ गतेको बाढीले विद्यालयको भौतिक रूपमा क्षति ग¥यो ।

विद्यालय मात्र नभएर प्रहरी चौकी र स्थानीयको घरमा समेत जोखिम बढाएको छ । विद्यालयको भौतिक क्षति त भयो त्यसले गर्दा हजारौं विद्यार्थीको भविष्य अन्धकारमा धकेलिएको छ । गुणस्तरीय शिक्षा कसरी प्रदान गर्न सकिन्छ भन्दै अहोरात्र खटिनुहुने विद्यालयका प्रधानाध्यापक कृष्ण ढुङ्गाना, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष निलबहादुर शाहीलगायत सम्पूर्ण शिक्षक, विद्यार्थी अभिभावक र अन्य शिक्षापे्रमीले चासो र चिन्ता लिइरहेका छन् । स्याउलाले बारेर खरले छाएर यस भेगमा शिक्षा दिनुपर्छ भन्दै २०४७ सालमा स्थापना भएको तेर्सेमाविका शुभचिन्तकले ढुक्कसँग कहिल्यै स्वासफेर्न पाएनन् ।

विभिन्न सङ्घसंस्था, दातृ निकाय र अभिभावकहरूको पहलमा विद्यालयको भवन निर्माण भयो तर २०७२ सालको भूकम्पले विद्यालयलाई माटोमा मिलाइदियो । त्यतिबेला विद्यालय सञ्चालनका लागि गरिएको पहल र सङ्घर्ष जो कोही अभिभावक, विद्यार्थी तथा शिक्षकले भूल्न सक्ने अवस्था छैन । काठका खम्बा, टिनले बारेको स्कुल, जस्ताले छाएको छानो यो भूकम्प पछिको अवस्था हो । एउटा कक्षामा पढाएको सबै कुरा अर्को कक्षाका सबै विद्यार्थीले सुन्न सक्थे । त्यतिबेलाको विद्यालयको भवन ढले पनि जमिन त्यही थियो । तर अहिले न घर छ, न जिमिन । यो दर्दनाक अवस्थाबाट तेर्से माविफेरी पनि उठ्नका लागि प्रयासरत छ । विद्यालयका प्रधानाध्यापक ढुङ्गाना जस्तोसुकै चुनौती सामना गरेर भए पनि विद्यालय सञ्चालनका लागि निरन्तर लागि रहने प्रण गर्नुहुन्छ ।

भूकम्को बेलाजस्तै आम अभिभावक, शिक्षाप्रेमी महानुभाव, सरोकार वाला निकायलगायत सम्पूर्णको सहयोगले खोलामा तार जालि लगाएर विद्यालयको बाँकि भुभाग बचाउन सकिन्छ कि भन्ने अभियानमा लागेको प्रधानाध्यापक ढुङ्गानाले सुनाउनुभयो । मेलम्ची बजार देखि हेलम्बुको चनौटेसम्मका विद्यार्थीको भविष्य बोकेके विद्यालय क्षणभरमै खोलामा मिल्नुले विद्यार्थीको मात्र हैन, यो भेगको सम्भावना तुइने होकि भन्ने चिन्ता लाग्नु स्वभाबिक नै हो । एता विद्यालयका अध्यक्ष शाही पनि विद्यार्थीको भविष्यको चिन्ता लिँदै पुनः गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विद्यालय अगाडि बढ्ने बताउनुहुन्छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार