असार २४, २०८२ मंगलबार July 8, 2025

यूरोकप : बेल्जियम, डेनमार्क, नेदरल्याण्ड र अष्ट्रिया नकआउट चरणमा प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः यूरोकप २०२० अन्तर्गत समूह चरणको गएराति सम्पन्न खेलमा बेल्जियमले फिनल्यान्डलाई २-० गोल अन्तरले पराजित गरेको छ ।

बेल्जियमका लागि रोमलु लुकाकुले एक गोल गरे भने फिनल्यान्डका लुकास राडेक्सीले आत्मघाती गोल गरे । यो जितसँगै बेल्जियम तीन खेलमा ९ अङ्कका साथ समूह विजेता बनेको छ ।

यसैगरी रुसलाई ४-१ गोल अन्तरले पराजित गर्दै डेनमार्क समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको छ ।

गएराति भएको खेलमा डेनमार्कलाई जित दिलाउन मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र जोकिम मुहलेले एक एक गोल गरेका थिए ।

रुसका आर्टम ज्यूबाले एक गोल फर्काए । यसैगरी गएराती नै सम्पन्न अर्को खेलमा नेदरल्याण्ड्सले नर्थ म्यासेडोनियालाई ३-० गोल अन्तरले पराजित गरेको छ ।

नेदरल्याण्डका लागि कप्तान जर्जिनियो विनाल्डमले दुई र मेम्फिस डिपेले एक गोल गरेका थिए । यो जितसँगै नेदरल्याण्ड समूह चरणका सबै खेल जितेर दोस्रो चरणमा प्रवेश गरेको छ ।

यस्तै अस्ट्रिया युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा युक्रेनलाई १–० गोलले हराउँदै अस्ट्रिया अन्तिम १६ मा प्रवेश गरेको हो ।

अस्ट्रियाका लागि बोम्गाटर्नले गोल गरे । युक्रेनको पनि अन्तिम १६ मा पुग्ने आशा जीवितै छ तर त्यसको लागि समूह चरणका सबै खेलको नतिजा पर्खनुपर्ने हुन्छ ।

युरोकप फुटबलमा आज दुईवटा खेलहरु हुँदैछन् । आज राति समूह ‘डी’ का दुई खेलहरु हुनेछन् । जसमा इंग्ल्यान्ड र चेक रिपब्लिक तथा क्रोएसिया र स्कटल्याण्ड भिड्ने छन् । दुई टिमबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया