काठमाडौंः जर्मनीले यूरो कप फुटबल २०२० को अन्तिम १६ मा इंग्ल्याण्डको सामना गर्ने भएको छ । समूह एफ को आफ्नो अन्तिम खेलमा हँगेरीसँग बराबरीमा रोकिदा जर्मनीको भेट इंग्ल्याण्डसँग सुनिश्चित भएको हो ।
गए राति अबेर सम्पन्न खेलमा जर्मनीलाई हँगेरीले २–२ को बराबरीमा रोक्यो । ११ औं मिनेटमा एडम सालईले हेडरमार्फत् गोल गर्दा हँगेरीले अग्रता कायम गर्दै जर्मनीलाई घरेलु मैदानमा स्तब्ध बनाउनुभयो ।
केई हर्भेजले ६६ औं मिनेटमा गोल फर्काउँदै जर्मनीलाई बराबरीको स्थितिमा ल्याउनुभयो । तर दुई मिनेट नबित्दै आन्द्रास स्काफेरको गोलले हँगेरीलाई पुनः अग्रता दिलायो । ८४ औं मिनेटमा जर्मनीका लियोन गोरेज्काले गोल थप्दा जर्मनीले खेल बराबरीमा रोक्न सफल भयो ।
बराबरीसँगै जर्मनीले समूह एफ को उपविजेता बन्दै इंग्ल्याण्डसँगको भेट सुनिश्चित गरेको छ । अन्तिम १६ मा जर्मनी र इंग्ल्याण्डबीचको खेल आगामी मंगलबार वेम्ब्लीमा खेलाइनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया