असार २४, २०८२ मंगलबार July 8, 2025

हाइड्रोपावर इन्जीनियरिङ अध्ययनका लागि छात्रवृत्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मेरिङदेन गाउँपालिकाले हाइड्रोपावर इन्जीनियरिङ अध्ययनका लागि छात्रवृत्ति दिने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि गाउँपालिका क्षेत्रभित्रका एक छात्र र एक छात्रालाई उक्त अध्ययनका लागि छात्रवृत्ति दिने भएको हो ।

बुधबार सार्वजानिक भएको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा फुङलिङ नगरपालिकास्थित बाल सुबोधिनी संस्कृत माध्यामिक विद्यालयमा दुई जना विद्यार्थीलाई उक्त छात्रवृत्ति प्रदान गरिने उल्लेख छ ।

यसैबीच १६ वर्षमुनिका असहाय बालबालिकालाई विद्यालयको पहुँचमा पु¥याई विद्यालय भर्ना दर सत प्रतिशत पु¥याउनका लागि विशेष शैक्षिक प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने भएको छ । सोअन्तर्गत प्रतिव्यक्ति मासिक रु ५०० का दरले उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ ।

यस्तै अनौपचारिक शिक्षामार्फत गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिनेसमेत नीति तथा कार्यक्रममा उल्लेख छ । स्थानीय भाषा, लिपि तथा संस्कृतिको संरक्षणका लागि स्थानीय मातृ भाषाको पठनपाठनलाई निरन्तरता दिने र स्थानीय भाषा स्वयंसेवक शिक्षकले पाउँदै आएको पारिश्रमिकमा रु तीन हजार थप गरिने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु ४१ करोड १६ लाख ४९ हजारको बजेट ल्याएको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार