काठमाण्डौः त्रिभुवन विश्वविद्यालयले रोकिएका स्नातक तह र स्नातकोत्तर तहका सबै परीक्षाहरू साउन ५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ।
परीक्षा नियन्त्रक कार्याल बल्खुका नियन्त्रक पुष्पराज जोशीले बुधबार बसेको परीक्षा बोर्ड बैठकले साउन ५ लगतेदेखि स्नातक दोस्रो वर्षका रोकिएका सबै परीक्षाहरू संचालन गर्ने निर्णय गरेको बताए।
स्नातक दोस्रो वर्षको परीक्षाहरू साउन ९ गतेसम्म सम्पन्न गर्ने बोर्डले तय गरेको उनले जनाए। उनले स्नातक प्रथम वर्षका परीक्षार्थीहरूको परीक्षा साउन १० गतेदेखि २८ गतेसम्म सञ्चालन गरी सबै विषयको परीक्षा सम्पन्न गर्ने निर्णय भएको जनाए। ‘स्नातक प्रथम वर्षदेखि स्नातकोत्तर तहसम्मका चार लाख विद्यार्थीको परीक्षा साउन ५ गतेदेखि सुरु हुन्छ,’ नियन्त्रक जोशीले भने, ‘स्नातकोत्तर तहको भने भदौ पहिलो साता सुरु गर्ने तय भएको छ,’ उनले थपे, ‘विद्यार्थीलाई केन्द्र छनौटको अवसर दिइने छ।
बिहीबार बोर्डले कार्यतालिका प्रकाशित गर्छ। शुक्रबारदेखि आइतबारसम्मका विद्यार्थीलाई केन्द्र छनौटको लागि सूचना प्रकाशित गरिन्छ।’ नियन्त्रक जोशीका अनुसार विगतमा बढीमा दुई सय ४० केन्द्र मात्र तोकिने गरिन्थ्यो भने यसपटक देशभरिमा तीन सय परीक्षा केन्द्रबाट चार लाख विद्यार्थीले परीक्षा दिने तय भएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया