असार २४, २०८२ मंगलबार July 8, 2025

दमकका सात विद्यालयमा खानेपानी सुविधा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रोटरी क्लब अफ दमकले त्यहाँका सात सामुदायिक विद्यालयमा स्वच्छ पिउने खानेपानीको व्यवस्था गरेको छ । हेप्पी स्कूल कार्यक्रमअन्तर्गत रोटरीले स्वच्छ खानेपानीको सुविधा पु¥याउन दमकका विभिन्न सात विद्यालयमा खानेपानीको व्यवस्था गरिएको बताएको छ ।

दमक रोटरीका पूर्व अध्यक्षसमेत रहनुभएका खानेपानी परियोजनाका संयोजक सन्दिप चापागाईले खानेपानीको धारा नपुगेका ग्रामीण भेगका विद्यालयमा त्यस्तो कार्यक्रम सञ्चालन गरिएको बताए ।

यसै क्रममा दमक—४ स्थित अडियामलमा रहेको विद्योदय आधारभूत विद्यालयमा निर्मित खानेपानी परियोजनाको दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले उद्घाटन गरे । रोटरीले सो खानेपानी परियोजना विद्यालयलाई हस्तान्तरण पनि गरिसकेको छ ।

रोटरीले प्रत्येक वर्ष हेप्पी स्कूल कार्यक्रमअन्तर्गत स्थानीय सामुदायिक विद्यालयलाई स्वच्छ खानेपानी उपलब्ध गराउन त्यस्तो परियोजना सञ्चालन गर्दै आएको छ ।

रोटरी क्लब अफ दमककी अध्यक्ष शान्ता नेपाल ढकालले सामुदायिक विद्यालयका विद्यार्थी तथा शिक्षकलाई लक्षित गरी बर्सेनी परियोजनामार्फत खानेपानीको व्यवस्था गरिंदै आएको बताए । रोटरीले आन्तरिक स्रोत जुटाएर स्वच्छ पिउने पानीका लागि ट्याङकीलगायतका संरचना निर्माण गरिआएको छ ।-रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार