असार २४, २०८२ मंगलबार July 8, 2025

ओलम्पिक कमिटि र कामरु ट्रेडिङ्गविच सम्झौता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल ओलम्पिक कमिटि र केल्मीको आधिकारीक विक्रेता कामरु ट्रेडिङ्गबीच शुक्रबार प्रायोजन सम्वन्धि सम्झौता भएको छ । टोकियो ओलम्पिक २०२० सहभागी हुने नेपाली टोलीको लागि केल्मी ब्राण्डको खेल पोशाक, किडब्याग, स्पोर्टस् सुज, मोजा, टोपी, रुमाल लगायत प्रायोजन गर्ने भएको हो ।

सम्झौता पत्रमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ र कामरुको तर्फबाट निर्देशक प्रदीप न्यौपानेले हस्ताक्षर गरे । कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले खेलकुद विकासका लागि नीजि क्षेत्रबीच सहकार्य र साझेदारी आवश्यक रहेको बताए । अहिलो टोकियो ओलम्पिकका लागि मात्र सम्झौता भएता पनि लामो समय सम्म सहकार्य र साझदारी गर्न छलफल भएको बताए । यो सम्झौता महत्वपूर्ण थालनी भएको भन्दै खेलकुदको माध्ययमबाट प्रायोजकहरुलाई पनि सहयोग गर्ने बताए ।

कामरुका निर्देशक न्यौपानेले टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई केल्मीको सामान प्रायोजन गर्न पाएकोमा खुसी ब्यक्त गरे । उनले हाल टोकियो ओलम्पिक सम्मका लागि राम्रो गुणस्तरको सामन प्रायोजन गरेता पनि लामो समय सम्म ओलम्पिक र केल्मीबीच सहयोगको सोच रहेको बताए । केल्मीले यस अघि एन्फा, विभागिय टोली, तेक्वान्दो, करातेलाई प्रायोजन गरेको र भलिबलसंग सहकार्य गर्दै आएको छ ।

गोर्खा सेमिट्रिजद्वारा राखेपलाई भेन्टिलेटर सहयोग

गोर्खा सेमिट्रिज ट्रष्ट, हङ्गकङ्गले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई पोर्टेबल भेन्टिलेटर सहयोग गरेको छ । ट्र«ष्टका तर्फबाट राखेप राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्र राई र अधिकृत भोजानन्द राईले एक थान भेन्टिलेटर सदस्य सचिव रमेश कुमार सिलवाललाई हस्तान्तरण गरे । सदस्य सचिव सिलवालले उक्त भेन्टिलेटर राखेप स्वास्थ्य तथा अनुसन्धान केन्द्रका प्रमुख तीलक नेपालीलाई हस्तान्तरण गरे ।

कोभिड १९ को दोश्रो लहरका कारण नेपालीहरु प्रभावित भईरहेकोले ट्रष्ट र सामाजिक अभियन्ता युवाद्वय युकेस राई र संजय राईको पहलमा हङ्गकङ्ग र विभिन्न देशमा बसोबास गर्ने नेपालीहरुको आर्थिक सहयोगमा देशका विभिन्न सामुदायिक अस्पतालका लागि सहयोग गर्ने उद्धेश्यले पचास थान पोर्टेबल भेन्टिलेटर उपलब्ध गराएका थिए ।

सोही क्रममा नेपाली खेलाडी, प्रशिक्षक, कर्मचारी र खेल क्षेत्र पनि त्यसबाट प्रभावित भएका कारण राष्ट्रिय खेलकुद परिषद स्वास्थ्य तथा अनुसन्धान केन्द्रका लागि पनि एक थान भेन्टिलेटर सहयोग प्रदान गरेको हो ।

सोनियाले प्राप्त गरिन् ओलम्पिक वाईल्ड कार्ड

नेपाली जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिक २०२० का लागि वाईल्ड कार्ड प्राप्त गरेकी छिन् । यसका साथै अहिले सम्म टोकियो ओलम्पिकमा सहभागी हुने खेल ५ पुगेको छ । पौडी, एथलेटिक्स, सुटिङ्ग, तेक्वान्दो र जुडोले ओलम्पिकमा सहभागिता जनाउने भएको हो । पौडी र एथलेटिक्स अनिवार्य सहभागि हुने भएता पनि सुटिङ्ग, तेक्वान्दो (पारा) र जुडोले वाईल्ड कार्ड मार्फत सहभागिता जनाउने भएको हो ।

सोनियाले ४८ केजी मुनिको प्रतिस्पर्धामा सहभागिता जनाउने नेपाल ओलम्पिक कमिटिका सचिव एवं नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष बज्राचार्यले जानकारी गराए । उनले दुई खेलाडी ईन्द्र बहादुर श्रेष्ठ र सोनियाको लागि पहल गरिएकोमा सोनियाले वाईल्ड कार्ड प्राप्त गरेको बताए ।

नेपाल पुलिसमा आवद्ध सोनिया हालै नेपालमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुदकी कास्य पदक विजेता खेलाडी हुन् । सोनियाले २०१९मा बंगलादेशमा आयोजना भएको जुडो च्याम्पियनसिपमा क्याडेट तर्फ ४४ केजीमा स्वर्ण पदक प्राप्त गरेकी थिईन् । २०१९ मा मोरोक्कोमा आयोजना भएको बिश्व जुनियर च्याम्पियनसिपमा एक बाउट जित निकाल्दै  २०० अंक बटुल्न सफल भएका कारण त्यसैलाई र अन्य प्रतिस्पर्धामा उनले देखाएको प्रदर्शनलाई आधार मानेर वाईल्ड कार्ड प्राप्त गर्न सफल भएको अध्यक्ष बज्राचार्यले जानकारी गराए ।

सोनिया ओलम्पिकमा सहभागिता जनाउने जुडोकी पाँचौ खेलाडी भएकी छिन् । यस अघि जुडोबाट १९८८ सिओल ओलम्पिकमा रिषीराम प्रधान र गंगाबहादुर डङ्गोलले सहभागिता जनाएका थिए । यस्तै चाईनाको बेईजिङ्ग ओलम्पिकमा देवु थापा र रियो ओलम्पिकमा फुपुल्हामु खत्रीले सहभागिता जनाएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार