असार २४, २०८२ मंगलबार July 8, 2025

वेल्सलाई ४-० गोल अन्तरले हराँउदै डेनमार्क क्वार्टरफाइनल प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः वेल्सलाई ४-० गोल अन्तरले पराजित गर्दै डेनमार्क युरो २०२० को क्वार्टरफाइनलमा पुगेको छ ।

अन्तिम-१६ अन्तर्गत शनिबार भएको नक आउटको पहिलो खेलमा गत संस्करणको सेमिफाइनलिस्ट वेल्समाथि हाबी बनेको डेनिस टोलीका लागि कास्पर डोलबर्गले दुई तथा जोकिम मेहेले र मार्टिन ब्रेथवेटले एक/एक गोल गरे ।

वेल्समाथि हाबी बनेको डेनमार्कले प्रतियोगितामा पहिलो पटक सुरुआती ११ मा स्थान बनाएका डोलबर्गले २७औं मिनेटमा गरेको गोलसँगै पहिलो हाफमा १-० को अग्रता लिएको थियो ।

दोस्रो हाफमा थप आक्रामक बनेको डेनमार्कका लागि ४८औं मिनेटमा डोलबर्गले व्यक्तिगत दोस्रो गोल गरेका थिए । आक्रामक शैलीमा प्रस्तुत भएको डेनमार्कका लागि ८८औं मिनेटमा मेहेले गोल गरे ।

निर्धारित ९० मिनेटसम्म हाबी बनेको डेनमार्कले इन्जुरी समयमा ब्रेथवेटले गरेको गोलसँगै ४-० को जित सुनिश्चित गर्‍यो ।

शानदार जितसँगै डेनमार्क २००४ युरोपछि पहिलो पटक क्वार्टरफाइनलमा पुगेको हो । पोर्चुगलमा भएको युरो २००४ पछि २००८ मा छनोट हुन नसकेको डेनमार्क २०१२ को समूह चरणबाटै बाहिरिएको थियो ।

सन् १९९२ मा एक पटक युरो च्याम्पियन बनेको डेनमार्क समूह बीको तेस्रो स्थानमा रहँदै नकआउटमा आइपुगेको हो । सेमिफाइनल प्रवेशका लागि डेनमार्कले अब नेदरल्यान्ड्स र चेक रिपब्लिकको विजेतासँग खेल्ने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार